हाम्रै नेपालमा यस्तो अचम्म : पोखराबाट हराएको बस भेटियो चितवनमा, १७ वर्षका बालक पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले बस चोरी गरेको आरोपमा एक बालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ३ को १७ वर्षका बालक रहेका छन् ।

प्रहरीका अनुसार यहि मंसिर २२ गते राति पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकस्थित पार्किङ गरी राखेको ग१ख ९६३८ नम्बरको बस चोरी भएको थियो ।

गएराती १० बजे पोखराको पृथ्वीचोकमा पार्किङमा राखेको गाडी हराएको सुचनाको आधारमा खोजतलास गर्दा उनलाई पक्राउ गरिएको हो । 

ती बालकले  पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस चोरी गरेर चलाउँदै लगिरहेको अवस्थामा भरतपुर महानगरपालिका वडा नं. ११ आँपटारी स्थितबाट चितवन प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । 

पक्राउ परेका बालकविरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...