टीभीएस बाइक तथा स्कुटर किन्दा ७ हजार छुट, ईएमआई ३,९९९ बाट सुरु
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहक...
काठमाडौं– टीभीएस स्कुटर र मोटरसाइकलको नेपालका लागि धिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस महाएक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ । सो नयाँ भेरिएन्टमा स्मार्ट कनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ ।
ग्राहकवर्गको उच्च मागलाई मध्यनजर गर्दै टिभिएस एनटर्क ड्रमलाई बोल्ड रातो कलरमा लन्च गरिएको शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले बताए । ‘सडकमा आफ्नो साहस देखाउन चाहने जो कोहीको लागि यो स्कुटर उपयुक्त हुनेछ । हाम्रा अमूल्य ग्राहकहरूका लागि उच्च गुणस्तरीय जीवनशैली सुनिश्चित गर्न थप रोमाञ्चक सवारी साधनहरू र अपग्रेडहरू ल्याउने प्रयासमा हामी निरन्तर लागिरहेका छौँ’ उनले भने ।
टिभिएस एनटर्क ड्रममा ९.४ पीएस पावर सहितको बलियो १२५ सीसी इन्जिन रहेको छ । यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कूटरको लोकेसन थाहा पाउन सकिन्छ । स्लीक डिजाइन स्टेल्थ एयर क्राफ्टबाट प्रेरित यस स्कुटरमा राइड पनि स्मुद र सहज हुने कम्पनीले जनाएको छ । ’टि’ आकारको रियर ल्याम्पले यस स्कुटरलाई सजिलै चिन्न सकिने बनाउनुका साथै थप सुरक्षाका लागि उत्कृष्ट भिजिबिलिटी पनि सुनिश्चित गर्नेछ ।
ठूला १२ इन्चका टायरहरुका साथ एनटर्क १२५ ड्रम भेरियन्टले आरामदायी र सुरक्षित सवारी सुनिश्चित गर्दै सडकमा स्थिरता र ग्रिप प्रदान गर्दछ । बोल्ड र चंकी टायरहरूले विभिन्न भू–भागहरूमाउत्कृष्ट पकड प्रदान गर्नेछ जसले यस स्कुटरलाई उत्कृष्ट टु–व्हीलर साबित गर्नेछ ।
साथै ब्याटविङ–स्टाइलको डेटाइम लाइटले स्कूटरलाई फरक बनाउनुका साथै भिजिबिलिटी बढाउँछ, जसले दिनको समयमा पनि सुरक्षित राइड प्रोत्साहन गर्छ । स्पोर्टी स्प्लिट ग्रेब रेलको एडिसनले यात्रुहरूलाई राइडमा सुरक्षित रूपमा समात्न मिल्नेछ । पछाडिको भेन्टहरूले स्कुटरलाई सहज रूपमा चल्न मद्दत गर्नुका साथै हिट लस पनि कम गर्नेछ ।
त्यसैगरी, गेमिङ कन्सोलबाट प्रेरित स्पीडोमिटरले आधुनिकताको टच थप्नुका साथै राइडको समयमा एकै झलकमा महत्वपूर्ण जानकारी पनि प्रदान गर्दछ । टिभिएस एनटर्क ड्रम रेडको मूल्य रु. २ लाख ३५ हजार ९०० रहेको छ ।
भृकुटीमण्डमा जारी एक्सचेन्ज महोत्सवमा कम्पनीले कुनै पनि बाइक र स्कुटर टिभिएस ब्रान्डका प्रोडक्टसँग एक्सचेन्ज गर्दा ५० हजारको मूल्यांकन दिएको छ । साथै महाएक्स्चेन्ज महोत्सवमा शुन्य प्रतिशत ब्याजदरमा २५ प्रतिशत सम्मको डाउन पेमेन्टमा टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्न सकिनेछ भने हेल्मेट, बाइक कभर र ब्याग पनि निशुल्क प्राप्त गर्न सकिनेछ ।
त्यसैगरी बाइक नकिन्दा १ लाख र किन्दा ५ लाखसम्मको नगद छुट पनि प्राप्त गर्न सकिनेछ भने बम्पर उपहारमा १० लाखसम्म जित्न सकिनेछ ।
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहक...
टीभीएसले मोडर्न रेट्रो मोटरसाइकल टीभीएस रोनिन लन्च गर्दै प्रिमियम...
चाडपर्ब नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम तथा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...