हुन्डाईको सवैभन्दा सस्तो एसयूभी एक्स्टरमा हुनेछन् यी नयाँ फीचर, जुलाई १० मा लन्च हुँदै
हुन्डाई मोटर इण्डियाले आगामी जुलाई १० मा लन्च गर्ने तयारी थालेको एक्स्टर...
काठमाडौं– नेपाल आयल निगमको सहायतामा नेपालमा पहिलोपटक हाइड्रोजन कार भित्राइएको छ । शनिबार काठमाडौं विश्वविद्यालयमा हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी आइपुगेको हो ।
हाइड्रोजन ऊर्जाका क्षेत्रमा अध्ययन एवं अनुसन्धान गरिरहेको काठमाडौं विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबले दक्षिण कोरियाबाट हाइड्रोजन गाडी नेपाल ल्याइएको जनाएको छ । हाइड्रोजन ऊर्जा क्षेत्रमा अध्ययनका निम्ति सहायता प्रदान गर्नेबारे करिब तीन वर्षअघि निगम र केयूबीच एक सम्झौता भएको थियो ।
हाइड्रोजन ऊर्जाको उत्पादन, निर्यात र हाइड्रोजन गाडीको सम्भावनालगायत अध्ययन–अनुसन्धान गर्न निगमले केयूलाई पाँच करोड रुपैयाँ सहायता गर्ने सम्झौता थियो ।
यस्ता छन् विशेषता
१६१ हर्सपावर क्षमताको नेक्सोमा एकपटक हाइड्रोजन भर्दा ३८० माइल (६११ किलोमिटर) रेन्ज दिने जनाइएको छ । गाडीमा ६.३३ किलोग्रामको हाइड्रोजन ट्यांक र १२० किलोवाट क्षमताको मोटर रहेको हुन्डाईको वेबसाइटमा उल्लेख छ । यस्तै, हाई र लो भोल्टेजका बेला प्रयोगमा आउन १.५६ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री छ ।
हुन्डाई मोटर्सको वेभसाइटमा सो गाडीको मूल्य ६० हजार १३० अमेरिकी डलर अर्थात् ७९ लाख रुपैयाँभन्दा बढी रहेको उल्लेख छ ।
हुन्डाई मोटर इण्डियाले आगामी जुलाई १० मा लन्च गर्ने तयारी थालेको एक्स्टर...
हुन्डाईको फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी आयोनिक–९ भारतमा जनवरी २०२५ मा...
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...