धनतेरेस र नेपाल संबत ११४४ का दिन लुयान एस–७० प्रो किन्दा विशेष छुट

काठमाडौं– लुयान स्कुटरको नेपालका लागि अधिकारिक वितरक जेरो इमिसन राईड एनले तिहारलाई लक्षित गरी धनतेरेस र नेपाल सम्वत ११४४ का दिन विशेष छुटमा एस–७० प्रो स्कुटर बिक्री गर्ने भएको छ । उक्त दिन स्कुटर खरिद गर्दा ग्राहकले २५ हजार छुट पाउने कम्पनीले जनाएको छ ।

फेस्टिबल अफर अन्तर्गत प्रदान गरिँदै आएको २० हजार नगद छुटमा उक्त दिन ५ हजार थपेर २५ हजार छुट दिन लागिएको हो । साथै ग्राहकले एक वर्षको रोड ट्याक्स र निशुल्क हेल्मेट समेत पाउनेछन् ।

एस–७० प्रोलाई कम्पनीले केही समयअघि सम्पन्न नेपाल ईभी शोमा लन्च गरेको थियो । सो नयाँ स्कुटरमा लुयानले २.२ किलोवाटको लिक्वड कुल्ड हव मोटर दिएको छ । साथै यसमा ९६ भोल्ट २३ एम्पियरको ग्राफेन ब्याट्री पाउन सकिन्छ । सो ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ७० देखी ८० किलोमिटरसम्म रेन्ज पाउन सकिने दावी गरिएको छ । स्कुटरको चार्ज साइकल ८०० रहेको छ ।

लुयान एस–७० प्रोको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने यसमा डिआरएल सहितको एलइडी हेडलाइट, एलइडी डिस्प्ले, एनएफसी सेन्सर किलेस इन्ट्री र एन्टि थेप्ट सिस्टम लगायत फिचर पाउन सकिन्छ । यसको ग्राउन्ड क्लिरियन्स १३५ एमएम र ह्विलवेश १३०० एमएम रहेको छ ।

सो नयाँ स्कुटरको मूल्य १ लाख ९८ हजार ९०० रुपैयाँमा निर्धारण गरिएको कम्पनीले जनाएको छ । ४ वर्षअघि नेपाल आएको लुयानलाई कम्पनीले ‘भ्यालू फर मनि’ स्कुटर का रुपमा बजार प्रवद्र्धन गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

लुम्बिनी प्रदेशमा सवारी कर कति ? यस्तो छ दर

लुम्बिनी प्रदेशमा सवारी कर कति ? यस्तो छ दर

नेपालमा हाल प्रदेश अनुसार सवारी साधनको कर तोकिएको छ। लुम्बिनी प्रदेशले...

के तपाईंले जीहो एई६ प्लसको टेस्ट राइड गर्नुभयो ?

के तपाईंले जीहो एई६ प्लसको टेस्ट राइड गर्नुभयो ?

नेपाली दुई पाङ्ग्रे ईभी बजारमा छोटो समयमा आफ्ना अदभूत विशेषता र उच्चतम...

बीवाईडी ओसन–एम कन्सेप्टको प्रोडक्सन भर्सन कार बीवाईडी सिल एक्स सार्वजनिक

बीवाईडी ओसन–एम कन्सेप्टको प्रोडक्सन भर्सन कार बीवाईडी सिल एक्स सार्वजनिक

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बीवाईडी सिल एक्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...