टीभीएसद्वारा राष्ट्रिय स्तरको स्किल फेस्ट आयोजना, ३० जना उत्कृष्ट टेक्निसियन छनोट
टीभीएस मोटर कम्पनीले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्तरको सिप...
काठमाडौं– टीभीएस अपाचे आरटीआर १६० भी४ एफआईको स्पेशल एडिसन नेपालमा सार्बजनिक हुने भएको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारि बितरक जगदम्बा मोटर्सले सो नयाँ एडिसनलाई छिट्टै लन्च गर्ने तयारी गरेको हो ।
अपाचे आरटीआर १६० को भी४ एफआई सेग्मेन्टमा राइडरका लागि थप छनोटको बिकल्प दिने उद्देश्यका साथ स्पेसल एडिसन ल्याउने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । सो स्पेसल एडिसनमा कम्पनीले सेग्मेन्टमै पहिलोपटक विभिन्न थप फिचर उपलब्ध गराएको छ ।
सो मोटरसाइकलमा कम्पनीले सेग्मेन्टमै पहिलो पटक तीनवटा राइडिङ मोड तथा समायोजनको सुविधा सहितको ह्यान्ड ब्रेक लिभर र क्लच लिभर दिएको छ । साथै अद्धितीय डिजाइनमा हल्का र लाउडर बुलपप् एक्जस्टसंगै टीभीएसका उपभोक्ताले बाटो र मौसमको आवश्यकता अनुसार ड्राइभिङ मोड छनोट गर्न सक्नेछन् ।
सो बाइकलाई स्पोर्टी बडी डिलक्स र स्पेशल कलर थीममा तयार गरिएको कम्पनीको भनाई छ ।अपाचे आरटिआर १६० भी४ मा १५९ सीसी, सिगंल सिलिन्डर, आयल कुल्ड आरटीएफआई इन्जिन छ । उक्त इन्जिनले १७.५ पीएस पावर र १४.७३ एनएम टर्क जेनेरेट गर्ने सामथ्र्य राख्दछ ।
टीभीएस मोटर कम्पनीले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्तरको सिप...
टीभीएस मोटर्सले आफ्नो लोकप्रिय स्कुटर जुपिटर १२५ को नयाँ संस्करण चाँडै...
नेपाली बजारमा समेत धेरै बिक्री हुने मोटरसाइकल मध्ये टीभीएसको ‘अपाचे’ मोडल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...