यी हुन् २०२५ मा भारतमा सर्वाधिक बिक्री भएका ईभी, एमजी विन्डसर सबैभन्दा अगाडि
सन् २०२५ इलेक्ट्रिक सवारी साधनहरूको बजारका लागि अत्यन्तै महत्वपूर्ण र...
कुनै पनि इलेक्ट्रिक कारमा ब्याट्री र चार्जिङ धेरै महत्वपूर्ण हुन्छ । इलेक्ट्रिक कार अल्टरनेटिङ करेन्ट (एसी) र डायरेक्ट करेन्ट (डीसी) गरी २ फरक तरिकामा चार्ज गर्न सकिन्छ ।
एसी चार्जर
ग्रिडबाट आउने पावर नै एसी हो । यद्यपि, विद्युतीय सवारीका ब्याट्रीमा डीसीको रूपमा पावर स्टोर हुन्छ । विद्युतीय सवारी साधनमा कन्भर्टर कार भित्र बनाइएको हुन्छ, जसलाई अनबोर्ड चार्जर भनिन्छ । यसले पावरलाई एसीबाट डीसीमा रूपान्तरण गर्छ र कारको ब्याट्रीमा स्टोर गर्छ । यो विद्युतीय सवारीसाधन चार्ज गर्ने सबैभन्दा बढी प्रयोग हुने विधि हो ।
डीसी चार्जर
डीसी चार्जरमा चार्जर भित्रै कन्भर्टर हुन्छ । यसले कारको ब्याट्रीमा सीधै पावर सप्लाई गर्छ । यस प्रक्रियामा पावर रूपान्तरण गर्न अनबोर्ड चार्जरको आवश्यकता पर्दैन । विद्युतीय सवारीमा डीसी मोडमा पावर स्टोर गरिन्छ । डीसी चार्जर आकारमा ठूलो र फास्ट हुन्छ ।
कुन प्रयोग गर्दा राम्रो ?
कुनै पनि सवारी साधनमा डीसी चार्जरबाट चार्ज गर्दा कम समय लाग्छ । तर डीसी चार्जर प्रायः फास्ट चार्जिङको विकल्प हो । यसले गाडी चार्ज गर्न कम समय लागे पनि केही वर्ष भित्रै ब्याट्रीमा क्षति पु-याउन थाल्छ । एसी चार्जरबाट ब्याट्री चार्ज गर्न बढी समय लाग्छ र यस प्रकारको चार्जरबाट गाडी घरमै चार्ज गर्न सकिन्छ ।
एसी चार्जरले चार्ज गर्दा डीसी चार्जरले जस्तै हानि भने गर्दैन । एसी चार्जरले गाडी चार्ज गरे यसले ब्याट्रीको आयु पनि बढाउँछ । तर यात्राको बीचमा चार्ज गर्नु परेमा डिसी चार्जर प्रयोग गर्न सकिन्छ ।
सन् २०२५ इलेक्ट्रिक सवारी साधनहरूको बजारका लागि अत्यन्तै महत्वपूर्ण र...
नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले साउनमै दसैँ...
सन् २०१६ मा भारतमा टेस्ला मोडल ३ को बुकिङ खुला भएको थियो, तर हालसम्म पनि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...