चेरीले ल्यायो ४०८ किलोमिटरसम्म रेन्ज दिने नयाँ मिनी ईभी

चिनियाँ अटो निर्माता चेरीले लिटिल एन्ट नामको नयाँ मिनी ईभी लन्च गरेको छ । चालक सहित ४ जना यात्रुले यात्रा गर्न मिल्ने सो नयाँ कारमा दुईवटा ढोका दिइएको छ । चीनमा यसको मूल्य १० हजार ६०० देखी ११ हजार ३०० डलरसम्म पर्ने जनाइएको छ ।

सो नयाँ कारको लम्वाई ३२४२ एमएम, चौडाई १६७० एमएम, उचाई १५५० एमएम र ह्विलवेश २१५० एमएम रहेको छ । कारको इन्टेरियरमा १०.१ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन, डुअल कलर स्टेरिङ ह्विल र मेकअप मिरर लगायत फिचर दिइएको छ ।

स्ट्यान्डर्ड र हाई–ईन्ड भर्सनमा उपलब्ध सो नयाँ कारको स्ट्यान्डर्ड भर्सनमा २५.०५, २८.८६ र २९.२९ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिइएको छ भने मोटर क्षमता ३६ किलोवाट रहेको छ । सो कारको स्ट्यान्डर्ड भर्सनले सिंगल चार्जमा २५१ देखी ३०१ किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ ।

यसैगरी, हाई–इन्ड भर्सनमा दिइएको ४०.३ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४०८ किलोमिटर रेन्ज दिने सिएलटीसीको दावी छ । यसमा जडान गरिएको ५६ किलोवाट क्षमताकाको मोटरले १५० एनएम टर्क जेनेरेट गर्दछ ।

४ वटा ड्राइभ मोड दिइएको सो नयाँ कारको टप स्पिड १०० किलोमिटर प्रतिघन्टा रहेको छ । यसले डीसी फस्ट चार्जर समेत सपोर्ट गर्ने कम्पनीको भनाई छ ।

सम्बन्धित समाचारहरू

वागनआर अब इलेक्ट्रिक भर्सनमा, २०० किमी रेन्ज, १ घण्टामै ८० प्रतिशत चार्ज

वागनआर अब इलेक्ट्रिक भर्सनमा, २०० किमी रेन्ज, १ घण्टामै ८० प्रतिशत चार्ज

मारुती सुजुकीले आफ्नो सबैभन्दा धेरै बिक्री हुने कार वागनआरलाई इलेक्ट्रिक...

टाटा नेक्सन ईभीको ब्याट्री अब नेपालमै फेर्न वा मर्मत गर्न सकिने, यस्तो छ व्यवस्था

टाटा नेक्सन ईभीको ब्याट्री अब नेपालमै फेर्न वा मर्मत गर्न सकिने, यस्तो छ व्यवस्था

टाटा नेक्सन ईभीमा प्रयोग हुने ब्याट्री अब नेपालमै मर्मत गर्न सकिने भएको छ ।...

इलेक्ट्रिक कारमा चिनियाँ ब्रान्डको हिस्सा ६४ प्रतिशत, भारतको ३५ प्रतिशतमा सिमित

इलेक्ट्रिक कारमा चिनियाँ ब्रान्डको हिस्सा ६४ प्रतिशत, भारतको ३५ प्रतिशतमा सिमित

काठमाडौं– नेपाली बजारमा पछिल्लो समय चीनबाट आयत हुने ईलेक्ट्रिक कारको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...