चेरीले ल्यायो ४०८ किलोमिटरसम्म रेन्ज दिने नयाँ मिनी ईभी

चिनियाँ अटो निर्माता चेरीले लिटिल एन्ट नामको नयाँ मिनी ईभी लन्च गरेको छ । चालक सहित ४ जना यात्रुले यात्रा गर्न मिल्ने सो नयाँ कारमा दुईवटा ढोका दिइएको छ । चीनमा यसको मूल्य १० हजार ६०० देखी ११ हजार ३०० डलरसम्म पर्ने जनाइएको छ ।

सो नयाँ कारको लम्वाई ३२४२ एमएम, चौडाई १६७० एमएम, उचाई १५५० एमएम र ह्विलवेश २१५० एमएम रहेको छ । कारको इन्टेरियरमा १०.१ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन, डुअल कलर स्टेरिङ ह्विल र मेकअप मिरर लगायत फिचर दिइएको छ ।

स्ट्यान्डर्ड र हाई–ईन्ड भर्सनमा उपलब्ध सो नयाँ कारको स्ट्यान्डर्ड भर्सनमा २५.०५, २८.८६ र २९.२९ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिइएको छ भने मोटर क्षमता ३६ किलोवाट रहेको छ । सो कारको स्ट्यान्डर्ड भर्सनले सिंगल चार्जमा २५१ देखी ३०१ किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ ।

यसैगरी, हाई–इन्ड भर्सनमा दिइएको ४०.३ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४०८ किलोमिटर रेन्ज दिने सिएलटीसीको दावी छ । यसमा जडान गरिएको ५६ किलोवाट क्षमताकाको मोटरले १५० एनएम टर्क जेनेरेट गर्दछ ।

४ वटा ड्राइभ मोड दिइएको सो नयाँ कारको टप स्पिड १०० किलोमिटर प्रतिघन्टा रहेको छ । यसले डीसी फस्ट चार्जर समेत सपोर्ट गर्ने कम्पनीको भनाई छ ।

सम्बन्धित समाचारहरू

सुदूरपश्चिम प्रदेशमा सवारी कर कति ? यस्तो छ दर

सुदूरपश्चिम प्रदेशमा सवारी कर कति ? यस्तो छ दर

नेपालमा हाल प्रदेश अनुसार सवारी साधनको कर तोकिएको छ। सुदूरपश्चिम प्रदेशले...

शोरुम पुगे महिन्द्रा एक्सयूभी ४०० ईभी, नयाँ ईभीका साथ नेपाली बजारमा पुनरागमन गर्दै महिन्द्रा नेपाल

शोरुम पुगे महिन्द्रा एक्सयूभी ४०० ईभी, नयाँ ईभीका साथ नेपाली बजारमा पुनरागमन गर्दै महिन्द्रा नेपाल

काठमाडौं – महिन्द्राको नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० ईभी काठमाडौं...

टाटाले सार्बजनिक गर्यो कर्भ इभीको कन्सेप्ट, रेन्ज ५ सय किलोमिटरसम्म दिने

टाटाले सार्बजनिक गर्यो कर्भ इभीको कन्सेप्ट, रेन्ज ५ सय किलोमिटरसम्म दिने

टाटा मोटर्सले आज कर्भ इभीको नयाँ कन्सेप्ट सार्बजनिक गरेको छ । टाटाको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...