चांगानले सार्वजनिक गर्यो आफ्नै ड्राइभर असिस्टेन्स सिस्टम ‘एसडीए पाइलट’
चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चांगान अटोमोबाइलले आफ्नै इन्जिनियरिङ...
काठमाडौं– इलेक्ट्रिक स्कुटर जेसिट्सको नेपालका लागि आधिकारिक वितरक एमभी दुगड समुहले दशैं अफर ल्याएको छ । सो अफर अन्तर्गत ग्राहकले स्कुटर खरिद गर्दा २० हजारसम्म नगद छुट पाउेछन् ।
यसैगरी एक वर्षसम्म स्कुटरको रनिङ पार्ट्समा कुनै समस्या आए निशुल्क फेरिदिने स्किम समेत कम्पनीले ल्याएको छ । सो अफर अन्तर्गत ग्राहकले इन्स्यूरेन्स, २ वर्षको चेकअप र एसेसोरिज निशुल्क पाउनेछन् । साथै फाइनान्स र एक्सचेन्ज सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
जेसिट्सको नेपाली बजारमा ७२ भोल्ट २० एम्पियर आवरको लिथियम आयोन ब्याट्री जडीत स्कुटर उपलब्ध छ । जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज दिन्छ । यसलाई ९० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।
यसमा राइड बाई वायर इलेक्ट्रिक थ्रोटल, बीएलडीसी मोटर, एयरकुल्ड सिस्टम, पुली बेल्ट ट्रान्समिसन, २ हजार वाट रेट भएको पावर आउटपुट र ५ हजार वाट पिक पावर, ६.७ हर्स पावर, अधिकतम ३० एनएमको टर्क र ७६ किलोमिटरको अधिकतम गति आदि यसका विशेषता छन् ।
सिंगल ब्याट्रीयुक्त स्कुटरको मूल्य ३ लाख ५० हजार र डबल ब्याट्रीयुक्त स्कुटरको मूल्य ४ लाख १० हजार रुपैयाँ तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...