भन्सार तिर्न नसकिएकाले चीनबाट ल्याइएका १८ विद्युतीय बस भारतमा बेच्ने तयारी
भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा...
काठमाडौं– शशिला मोटर्सले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ । कम्पनीले शुक्रबार चिनियाँ बस उत्पादक कम्पनी हाइगर बससँग सम्झौता गरेको हो । सम्झौतासंगै कम्पनीले सो नयाँ ईभी भ्यानको मूल्य ७२ लाख ९० हजार निर्धारण गरेर बुकिङ खुलाएको छ ।
हाइगरले विश्वका १३० भन्दा धेरै देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको छ । हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’को उपाधि पाइसकेको कम्पनी हो । हाइगर इभी भ्यानले सिंगल चार्जमा २५० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । यस्तै यसमा ७० किलोवाट आवर क्षमताको कटिङ एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक छ ।
यसैगरी, कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ्ग तथा एअर ब्याग सिस्टमहरु सहितको सुरक्षाका विशेषतायुक्त एअर ब्याग भएको नेपालको पहिलो इभी भ्यान रहेको कम्पनीको दावी छ ।
यो इभीमा सहज यात्राका लागि आरामदायी सिट एवं पर्याप्त खुल्ला ठाँउ, यात्रुको सुविधाका लागि एअर कण्डिसनसहित आन्तरिक सजावट भएको र नेपालको बाटो सुहाउँदो २०० एमएम उचाई ग्राउण्ड क्लियरेन्स भएको कम्पनीले जानकारी गराएको छ ।
कम्पनीका अनुसार हाइगर इभी भ्यानमा ९० किलोवाट पावर र ३५० एनएम टर्कसहित उत्कृष्ट तान्ने क्षमता छ । त्यस्तै, एलोइ हृवील र २१५ आर ७५ टायर साईज, १६ पिआरसहितको पहिलो इभी भ्यान जसले गाडीको रेञ्ज र स्ट्याबिलिटी बढाउने कम्पनीको भनाई छ ।
कम्पनीका अनुसार यात्रुको सुविधाका लागि एयर कण्डिसनसहित उत्कृष्ट इन्टेरियर डिजाइन गरिएको छ । नेपालको बाटो सुहाउँदो २०० एमएमको ग्राउण्ड क्लियरेन्स यसमा उपलब्ध छ । यसमा भएको ९० किलोवाट पावरले ३५० एनएम टर्क उत्पादन गर्न सक्छ ।
भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा...
काठमाडौं – नेपालका लागि एमजी अर्थात मोरिस ग्यारेजको आधिकारिक वितरक...
काठमाडौं – मंसिर महिनामा नेपालमा ८९९ युनिट विद्युतीय कार, जिप र भ्यान आयात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...