सेरेस र हुवावेको साँझेदारीमा आयो नयाँ एसयुभी, लन्च भएको छोटो समयमै ४० हजार ग्राहकले गरे अर्डर

टेक्नोलोजी जायन्ट हुवावेले चीनको प्रख्यात अटो निर्माता सेरेससंग साँझेदारी गरी नयाँ ब्रान्ड ‘एईटो’ नाममा अत्याधुनिक एसयूभी एम७ लन्च गरेको छ । सो नयाँ एसयूभी अहिले चीनमा लोकप्रिय वनिरहेको र लन्च भएको एक महिना नवित्दै ४० हजार बढी ग्राहकले अर्डर गरेको कम्पनीले जनाएको छ ।

सेप्टेम्वर १२ मा लन्च भएको सो हाईब्रिड एसयूभी ५ र ६ सीट अप्सनमा उपलब्ध छ । जसको मूल्य चीनमा ३४ हजार २०० देखी ४५ हजार २०० डलरसम्म निर्धारण गरिएको छ । १.५ लिटर टर्वो चार्ज्ड रेन्ज एक्सटेन्डर हाइब्रिड सिस्टम दिइएको सो एसयुभीमा हुवावे आँफैले विकास गरेको इलेक्ट्रिक मोटर जडान गरिएको छ । सो एसयूभीले टु–ह्विल र फोर–ह्विल दुबै ड्राइभ भर्सनलाई सपोर्ट गर्दछ । यसको टु–ह्विल ड्राइभमा २०० किलोवाट पिक पावर भएको सिंगल मोटर जडान गरिएको छ । रियर एक्सलमा जडान गरिएको सो मोटरले ३६० एनएम टर्क जेनेरेट गर्दछ ।

यसैगरी फोर–ह्विल ड्राइभमा दिइएको डबल मोटरले ३३० किलोवाट पावर र ६६० एनएम टर्क जेनेरेट गर्ने सामथ्र्य राख्दछ । यसमा जडान गरिएको ४० किलोवाट आवर लिथियम ब्याट्री प्याकले २१० र २४० किलोमिटर इलेक्ट्रिक रेन्ज दिने सीएलटीसीले दावी गरेको छ । एसयूभीको समग्र रेन्ज १३०० किलोमिटर माथी रहेको कम्पनीले जनाएको छ ।

एईटो एम७ मा हुवावे आँफैले विकास गरेको एड्भान्स ड्राईभिङ सिस्टम(एडिएस) २.० दिइएको छ । जसलाई सपोर्ट गर्नका लागी गाडीको विभिन्न भागमा २७ भन्दा बढी स्थानमा सेन्सर राखिएको छ । यमसा दिइएको एडिएस २.० अन्तर्गत गाडी ठोक्किनबाट जोगाउने, अटोमेटिक इमर्जेन्सि ब्रेकिङ सिस्टम, लेन चेन्ज, अटोनोमस पार्किङ एसिस्ट, रिमोट पार्किङ एसिस्ट र भेलेट पार्किङ एसिस्ट लगायत सामेल फिचर सामेल छन् ।

गाडीमाथी कुनै वस्तु खस्न लागेको अवस्थामा यसबारे जानकारी दिन यो एसयुभीमा हुवावेको जनरल अब्स्ट्याकल डिटेक्सन नेटवर्क समेत उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचारहरू

भारतमा यी ब्रान्डले ल्याउँदै आधा दर्जन नयाँ इलेक्ट्रिक स्कुटर

भारतमा यी ब्रान्डले ल्याउँदै आधा दर्जन नयाँ इलेक्ट्रिक स्कुटर

भारतमा हाल इलेक्ट्रिक सवारी साधनप्रतिको रुचि तीव्र रूपमा बढ्दै गएको छ ।...

काठमाडौं विश्वविद्यालयमा सञ्चालनमा आयो बीवाईडीको चार्जिङ स्टेसन

काठमाडौं विश्वविद्यालयमा सञ्चालनमा आयो बीवाईडीको चार्जिङ स्टेसन

काठमाडौं युनिभर्सिटी अन्तर्गत धुलिखेल क्याम्पसमा बीवाईडी चार्जिङ स्टेसन...

युरोकपमा सहभागी हुँदै बीवाईडी गाडी खरिद र बुकिङ गर्ने यी ११ भाग्यशाली

युरोकपमा सहभागी हुँदै बीवाईडी गाडी खरिद र बुकिङ गर्ने यी ११ भाग्यशाली

काठमाडौं – नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ११...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...