तयार भयो चेरीको मिनी ईभी, रेन्ज ३०१ किलोमिटर सम्म

चिनियाँ अटो निर्माता चेरीले नयाँ मिनी ईभी ल्याउने घोषणा गरेको छ । चेरी मातहतको काइयई ब्रान्डले तयार पारेको सो ईभीलाई कम्पनीले मंगलबार सार्बजनिक समेत गरिसकेको छ । यहि महिना लन्च हुने अनुमान गरिएको सो ईभीलाई कम्पनीले प्योर इलेक्ट्रिक प्लेटफर्मममा निर्माण गरेको हो ।

चेरीको सो नयाँ ईभी ३३६० मिलिमिटर लामो, १७०० एमएम चौडा र १६०५ एमएम अग्लो हुनेछ भने यसको ह्विलवेश २१६० एमएम लामो रहेको छ । वुलिङ हाङगाङ मिनी ईभी जस्तै स्क्वायर सेपमा तयार पारिएको सो कारमा सस्पेन्डेड रुफ डिजाइन र हिडन डोर ह्यान्डल पाउन सकिनेछ ।

४ सिट र २ वटा ढोका रहेको यसको इन्टेरियरमा पिंक र ब्लु कलरको कम्विनेसन पाउन सकिन्छ । साथै यसमा सस्पेन्डेड इन्स्ट्रयुमेन्ट प्यानल, १०.२५ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन, टु–स्पोक फ्ल्याट वटम स्टेरिङ ह्विल, र हिडन एसी भेन्ट लगायत फिचर उपलब्ध छन् । यो कारले किलेस इन्ट्रि र स्टार्टलाई सपोर्ट गर्दछ ।

सो नयाँ कारलाई चेरीले ३५ र ४० किलोवाट मोटर पावर अप्सनमा ल्याउने जनाएको छ । यसमा लागेर आउने ब्याट्रीको साइज सार्बजनिक नभएपनि एक पटककको सिंगल चार्जमा यसले ३०१ किलोमिटर सम्म रेन्ज दिने दावी कम्पनीले गरेको छ ।

सम्बन्धित समाचारहरू

एमजी जेडएस इभी चार्ज गर्न देशका ८ स्थानमा फास्ट चार्जर, थप ९ स्थानमा छिट्टै आउने

एमजी जेडएस इभी चार्ज गर्न देशका ८ स्थानमा फास्ट चार्जर, थप ९ स्थानमा छिट्टै आउने

एमजी गाडीको नेपालका लागी आधिकारिक वितरक पारामाउन्ट मोटर्सले देशका ८...

साधारण फ्युल कार भन्दा बढी माइलेज दिन्छ हाइब्रिड कारले, यस्ता छन् फाइदा

साधारण फ्युल कार भन्दा बढी माइलेज दिन्छ हाइब्रिड कारले, यस्ता छन् फाइदा

बजारमा हाइब्रिड कारको संख्या पछिल्लो केही वर्षहरुमा बढेको छ । हाइब्रिड...

१० अर्व डलरको ब्रान्ड भ्यालु सहित वीवाइडी वन्यो चीनको सर्बाधिक मूल्यवान अटो ब्रान्ड

१० अर्व डलरको ब्रान्ड भ्यालु सहित वीवाइडी वन्यो चीनको सर्बाधिक मूल्यवान अटो ब्रान्ड

वीवाइडी यो वर्षका लागि चीनको सवैभन्दा मूल्यवान अटो ब्रान्ड वनेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...