इकोविट स्कुटर खरिद गर्दा १५ हजारसम्म नगद छुट, फाइनान्स र एक्सचेन्ज सुविधा पनि

काठमाडौं– इकोविट इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक ग्लोवल सेभेन प्रालिले दशैं तिहारलाई लक्षित गरी ‘फेस्टिवल भाइब्स’ अफर ल्याएको छ । मंसिर ९ गतेसम्म लागु हुने सो अफर अन्तर्गत नगद भुक्तानी गरेर स्कुटर खरिद गर्दा र फाइनान्स तथा एक्सचेन्जमा लिंदा ग्राहकले छुट्टाछुट्टै सुविधा पाउनेछन् ।

नगद खरिदमा अधिकतम १५ हजारसम्म छुटको ब्यवस्था गरिएको कम्पनीले जनाएको छ । जसमा गोलाप्रथा मार्फत तत्काल छुट हुने गरी ७ हजारदेखी १५ हजारसम्मको छुट ब्यवस्था मिलाइएको हो । साथै एक वर्षको कर समेत कम्पनीले नै तिरिदिने र हरेक स्कुटरको साथमा एउटा हेल्मेट निशुल्क प्रदान गरिने कम्पनीको भनाई छ । फाइनान्स र एक्सचेन्जमा खरिद गर्ने ग्राहकले भने यस्तो सुविधा पाउने छैनन् ।

फाइनान्स सुविधामा स्कुटर खरिद गर्दा ग्राहकले न्यूतम ३० प्रतिशत डाउनपेमेन्टको सुविधा पाउनेछन् । डाउनपेमेन्ट गरेर वाँकी हुन आउने रकमलाई सून्य प्रतिशत ब्याजदरमा १८ महिना सम्मको सरल किस्ता वन्दि योजना प्रदान गरिएको छ ।

साथै ग्राहकले आफूसंग भएको पुरानो पेट्रोलियम मोटरसाइकल तथा स्कुटरसंग इकोविटको नयाँ स्कुटर एक्सचेन्ज गर्दा पुरानो बाइकमा उत्कृष्ट मूल्यांकन गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

नेपालमा १४ सय भन्दा बढी टाटा एक्सप्रेस–टी ईभी बिक्री, ट्याक्सी चालकको रोजाइ

नेपालमा १४ सय भन्दा बढी टाटा एक्सप्रेस–टी ईभी बिक्री, ट्याक्सी चालकको रोजाइ

नेपाली अटो मार्केट ईभीमय बनिराख्दा ट्याक्सी चालकहरुबीच पनि ईभीका सवारी...

कारमा प्रयोग हुने इमोबिलाइजर के हो ? यसको प्रयोग किन गरिन्छ ?

कारमा प्रयोग हुने इमोबिलाइजर के हो ? यसको प्रयोग किन गरिन्छ ?

आधुनिक युगमा इमोबिलाइजर अधिकांश सवारी साधनमा प्रयोग गरिन्छ । इमोबिलाइजर...

नयाँ ब्रान्ड सिनोगोल्डको ईभी नेपाल भित्रिदै, मूल्य ३९ लाख

नयाँ ब्रान्ड सिनोगोल्डको ईभी नेपाल भित्रिदै, मूल्य ३९ लाख

काठमाडौं – नेपाली बजारमा नयाँ ब्रान्डको ईभी सेडान भित्रिने भएको छ । नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...