देशका १९ स्थानमा एमजीको चार्जिङ स्टेशन, यी स्थानमा हुँदैछन् थप विस्तार

काठमाडौं– सडकमा एमजी ब्रान्डका इलेक्ट्रिक कारको उपस्थिती बढेसंगै नेपालमा यसको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले चार्जिङ पूर्बाधारको विस्तारमा जोड दिँदै लगेको छ । कम्पनीले हाल नेपालभर एसि र डिसी गरेर १९ वटा चार्जिङ स्टेसन संचालनमा ल्याएको छ । यो वर्षको अन्त्य सम्ममा कम्पनीले यस्तो पूर्बाधारलाई बढाएर ५० सम्म पु¥याउने लक्ष्य राखेको छ ।

आफ्ना सेवाग्राहीहरुको सहज यात्राको लागि देशका मुख्य स्थानहरु मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डिसि चार्जिङ स्टेशनहरु स्थापना गरेको कम्पनीले जनाएको छ । यी स्टेशनबाट गाडीको ब्याट्रीलाई आधा घण्टामै ८०% सम्म चार्ज गर्न सकिने हुँदा एमजी गाडीमा यात्रा गर्न ग्राहकलाई सहज बन्दै गएको उसको भनाई छ ।

कम्पनीले एमजीको नयाँ सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी, बिर्तामोड, बर्दिबास, वीरगन्ज, पोखरा, हेटौँडा, नौबिसे, नेपालगन्ज, धनगढी, गाईघाट र दाङको लमहीमा पनि चाँडै डिसि चार्जिङ स्टेसन स्थापना गर्न लागिएको जनकारी दिएको छ ।

एसी चार्जिङ स्टेशनको कुरा गर्नुपर्दा कम्पनीले काठमाडौं, विर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केबरबाट सेवा दिँदै आएको छ ।

सम्बन्धित समाचारहरू

चर्चामा फेरि यात्री मोटरसाइकल : नम्बर प्लेटकै कारण उत्पादनमा समस्या

चर्चामा फेरि यात्री मोटरसाइकल : नम्बर प्लेटकै कारण उत्पादनमा समस्या

कुनै बेला नेपालमै चार पांग्रे सवारी साधन समेत उत्पादन हुन्थ्यो । हुलास...

भरतपुरमा हुन्डाईको ‘क्रेटा ईभी’ सार्वजनिक

भरतपुरमा हुन्डाईको ‘क्रेटा ईभी’ सार्वजनिक

चितवन – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

४९० किलोमिटर रेन्ज दिने नयाँ कोना आउँदै, फिचर र व्याट्रीको साइज पनि वढ्ने

४९० किलोमिटर रेन्ज दिने नयाँ कोना आउँदै, फिचर र व्याट्रीको साइज पनि वढ्ने

हुन्डाइले आफ्नो पहिलो इलेक्ट्रिक क्रसओभर कोनामा ठूलो साइजको व्याट्री र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...