क्रेटा र सेल्टोसको प्रतिस्पर्धी होन्डा एलीभेट, यस्तो छ मूल्य, फिचर र पर्फमेन्स

काठमाडौं– कम्प्याक्ट एसयूभी सेग्मेन्टमा राम्रो बजार लिन सफल हुन्डाई क्रेटा र किया सेल्टोसलाई टक्कर दिन होन्डाले नयाँ एसयूभी एलीभेट ल्याएको छ । होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले यो नयाँ एसयूभीलाई ४ भेरिएन्टमा नेपाल ल्याएको हो । जसको शुरुवाती मूल्य ५६ लाख ३५ हजारदेखी ७९ लाख ४४ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

एलीभेट म्यानुअल र सीभिटी दुवै ट्रान्समिसनमा नेपाल आएको हो । यसको एसभी, भी, भीएक्स, र जेडएक्स तीनवटै भेरिएन्टमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ । म्यानुअलमा यसको एसभी भेरिएन्टलाई ५६ लाख ३५ हजार, भीलाई ६० लाख ३५ हजार, भीएक्सको ६६ लाख ९५ हजार र जेडएक्सको ७३ लाख ४४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, सिभिटीमा भीको ६५ लाख ७० हजार, भीएक्सको ७१ लाख ९५ हजार र जेडएक्सको ७८ लाख ७० हजार तोकिएको छ । जेडएक्स सीभिटीलाई डुअल टोन विकल्पमा समेत उपलब्ध गराइएको छ । जसको मूल्य ७९ लाख ४४ हजार निर्धारण गरिएको छ ।

हुन्डाई क्रेटा र किया सेल्टोस जस्ता एसयूभीको प्रतिस्पर्धी वनेर आएको एलीभेटमा होन्डाले १.५ लिटर क्षमताको नेचुरल्ली एस्पीरेटेड ईन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १२१ हर्स पावर र १४५ एनएम टर्क जेनेरेट गर्छ ।

एलीभेटको एक्सटेरियरमा एलइडी डीआरएल सहितको फुल एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी टर्न इन्डिकेटर तथा रियर एलइडी लाइट पाउन सकिन्छ । होन्डाले एलिभेटमा सिङ्गल प्यानल सनरुफ दिएको छ ।

यसैगरी इन्टेरियमा फराकिलो स्पेस, ठूलो साइजको हेड र लेग रुम, ७ इन्चको मल्टी इन्फर्मेसन डिस्प्ले र १०.२५ इन्चको हाइ डेफिनेसन फ्लोटिङ इन्फोटेन्मेन्ट डिस्प्ले पाउन सकिन्छ । आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राईभिङ्ग अनुभव दिने होन्डाले जनाएको छ ।

सुरक्षाका लागी यसमा होन्डा सेन्सिङ एडिएएस फिचर रहेको छ । साथै यसमा रियर पार्किङ सेन्सर, मल्टी एङ्गल रियर भ्यू क्यामेरा, हिल स्टार्ट एसिस्ट, लेनवाच क्यामेरा, आइएसओ फिक्स र ६ वटा एयरब्याग दिइएको छ ।

सम्बन्धित समाचारहरू

हिरोलाई पछि पार्दै होन्डा बन्यो भारतको नम्वर–१ दुई पाङ्ग्रे ब्रान्ड

हिरोलाई पछि पार्दै होन्डा बन्यो भारतको नम्वर–१ दुई पाङ्ग्रे ब्रान्ड

काठमाडौं– विगत लामो समयदेखी भारतको नम्वर–१ दुई पाङ्ग्रे ब्रान्ड रहँदै...

होन्डा एलिभेटको नयाँ संस्करण चाँडै लन्च हुने तयारीमा

होन्डा एलिभेटको नयाँ संस्करण चाँडै लन्च हुने तयारीमा

होन्डाले भारतीय बजारमा आफ्नो लोकप्रिय मध्यम आकारको एसयूभी एलिभेटको नयाँ...

होन्डाको ७०औं वार्षिकोत्सव वारेमा आएको फेक एसएमएसको भ्रममा नपर्न अनुरोध

होन्डाको ७०औं वार्षिकोत्सव वारेमा आएको फेक एसएमएसको भ्रममा नपर्न अनुरोध

काठमाडौं – होन्डाको ७०औं वार्षिकोत्सवको अवसरमा बधाई सहितको एसएमएस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...