नेपाल आउने तयारीमा ओमोडा ईभी, यस्तो छ सी५ एसयुभी

काठमाडौं– चीनबट एकपछि अर्को नयाँ ईभी ब्रान्ड आउने क्रममा ओमोडा पनि नेपाल आउने भएको छ । नेपालमा चेरी गाडी आयात गरी बिक्री गर्दै आएको कम्पनी एसपीजी अटोमोबाइल्सले यो ब्रान्डलाई नेपाल ल्याउने तयारी थलेको थालेको हो।

चेरी मातहतको ईभी ब्रान्ड ओमाडाले अहिले सी५ मोडलको एसयूभी बिक्री गर्दै आएको छ । सो नयाँ एसयुभीलाई कम्पनीले अप्रिलमा आयोजना भएको सांघाई अटो शोमा लन्च गरेको थियो । संभवत सोही मोडल नै यसको नेपाल आउने पहिलो ईभी हुनसक्ने अनुमान गर्न सकिन्छ ।

ओमोडा नेपाल आउन लागेको जानकारी गराउँदै एसपिजी अटोमोबाइल्सले यस ब्रान्डका बारेमा केही जानकारी सेयर गरेको छ । कम्पनीका अनुसार ओमोडाले ‘क्रस फ्युचर’को रूपमा आफ्नो ब्रान्ड स्थापना गर्दछ । ओमोडाले आफुलाई ‘ओमोडा, क्रस फ्रम फ्युचर, क्रस फर फ्युचर’ को रूपमा प्रस्तुत गर्दछ । जसको अर्थ ‘भविष्यबाट भविष्यका लागि क्रसओभर गाडी’ भन्ने हुन्छ ।

ओमोडाले गुणस्तरीय कार खोज्ने उपभोक्ताहरूलाई लक्षित गरी फ्युचरिस्टिक गाडीहरू डिजाइन गर्ने गरेको कम्पनीले जनाएको छ । ।

सम्बन्धित समाचारहरू

पन्च.ईभीमा उच्च रिसेल भ्यालु : ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा 

पन्च.ईभीमा उच्च रिसेल भ्यालु : ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा 

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...

पोखरामा चल्दै दिपल, सेरेस र नामी ईभीको ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

पोखरामा चल्दै दिपल, सेरेस र नामी ईभीको ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

पोखरा – दिपल, सेरेस र नामी ईभीको नेपाली वितरक एमएडब्लु वृद्धिले पोखरामा...

स्मार्टफोन निर्माता कम्पनी साओमीले सार्वजनिक ग-यो यस्तो इलेक्ट्रिक स्कुटर

स्मार्टफोन निर्माता कम्पनी साओमीले सार्वजनिक ग-यो यस्तो इलेक्ट्रिक स्कुटर

साओमीले १३ सिरिजको फाइभजी स्मार्टफोनका साथै इलेक्ट्रिक स्कुटर ४ अल्ट्रा,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...