नेटा लाइनअपमा थपिँदै तीन नयाँ मोडल, नेटा एक्स अर्को महिना लन्च हुने

चिनियाँ ईभी निर्माता होजोन मोटर्सले दुई वर्षभित्र थप तीन नयाँ मोडल लन्च गर्ने घोषणा गरेको छ । यी नयाँ मोडलमा एउटा नेटा एक्स हुने निश्चित भइसकेपनि वाँकी दुई मोडलका बारेमा भने प्रष्ट जानकारी आइसकेको छैन । नयाँ ईभीको मूल्य चीनमा ४१ हजार डलारभन्दा कम पर्ने जनाइएको छ ।

होजोन मोटर्सले हाल एसयुभीमा नेटा एया, नेटा यू र नेटा भी उपलब्ध गराउँदै आएको छ भने सेडानमा नेटा एस र नेटा जिटी मोडल उपलब्ध छन् । जसमध्ये नेपाली बजारमा नेटा भी र नेटा यू बिक्रीका लागी उपलब्ध रहँदै आएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले हालै सम्पन्न नाडा अटो शोमा यसको नेटा एस र नेटा जीटीलाई प्रदर्शनीमा राखेको थियो ।

तीनवटै नयाँ मोडललाई कम्पनीले शान्हाई चेसिस २.० प्लेटफर्ममा निर्माण गर्ने जनाएको छ । साथै यसमा हाओजी टेक्नोलोजी प्रयोग हुनेछ । अर्को महिना लन्च हुने नेटा एक्स ४६१९ एमएम लामो, १८६० एमएम चौडा र १६२८ एमएम अग्लो हुनेछ । यो सब् कम्प्याक्ट एसयूभीको ह्विलवेश २७७० एमएम रहनेछ ।

पावरट्रेनको कुरा गर्नुपर्दा नेटा एक्स ईभीमा ७२ किलोवाट आवरको एलएफपी ब्याट्री र १७० किलोवाटको मोटर जडान हुनसक्ने आँकलन गरिएको छ । यसको इन्टेरियरमा १५.६ इन्चको स्क्वायर स्क्रिन, ८.९ इन्चको फुल एलसिडी इन्स्ट्रयुमेन्ट प्यानल, आरामदायी सीट र सुरक्षाका लागी एडिएएस लगायत फिचर हुनेछन् ।

सम्बन्धित समाचारहरू

फक्सवागनले ४५० किमी रेन्ज भएको सस्तो इलेक्ट्रिक कार ल्याउने

फक्सवागनले ४५० किमी रेन्ज भएको सस्तो इलेक्ट्रिक कार ल्याउने

फक्सवागनले आफ्नो नयाँ आईडी टुअल इलेक्ट्रिक कारको कन्सेप्ट सार्वजनिक...

कोस्टिङ रिगेन फिचरसहित पारदर्शी बडी भएको एपेक्स ४५० इलेक्ट्रिक स्कुटर लन्च

कोस्टिङ रिगेन फिचरसहित पारदर्शी बडी भएको एपेक्स ४५० इलेक्ट्रिक स्कुटर लन्च

एथर इनर्जीले भारतीय बजारमा फ्ल्यागशिप इलेक्ट्रिक स्कुटर ४५० एपेक्स लन्च...

नाडा अटो शो अफर : स्काईवेल ईभी किन्दा युरोप टुर देखि रोलेक्स घडी सम्म

नाडा अटो शो अफर : स्काईवेल ईभी किन्दा युरोप टुर देखि रोलेक्स घडी सम्म

काठमाडौं – नाडा अटो शो २०२५ भोलि देखि प्रारम्भ हुँदैछ । सो अवसरमा स्काईवेल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...