लीफान स्कुटरको खरिदमा ५० हजार सम्म छुट, सफल बन्दै दशैं स्किम

काठमाडौं– लीफान इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक पिनाकल मोटोरार्ड प्रालिले दशैं अफर ल्याएको छ । ‘यसपालीको दशैं, लीफान संगै’ भन्ने नाराका साथ असोज १ देखी लागु भएको स्किम अन्तर्गत स्कुटर खरिद गर्दा ग्राहकले नगद छुट र अन्य सुविधा पाउनेछन् ।

सो स्किम अन्तर्गत ग्राहकले ५० हजारसम्म छुट, एक वर्षको रोड ट्याक्स र एक वर्षको सर्भिसिङ निशुल्क पाउने कम्पनीले जनाएको छ । साथै एक्सचेन्ज र फाइनान्स सुबिधा समेत उपलब्ध रहेको छ । फाइनान्स सुविधामा खरिद गर्दा ग्राहकले ब्याज तिर्नुपर्दैन । अफरलाई ग्राहकले मन पराएको र सफल वनिरहेको कम्पनीले जनाएको छ ।

दशैं अफर लागु भएको एक हप्तामा कम्पनीले २१ वटा लिफान स्कुटर बिक्री गर्नुको साथै ८ वटा वुकिङ लिएको कम्पनीका सेल्स म्यानेजर रुपक भट्टराइले जानकारी गराए । दशैंभर चल्ने सो स्किमको सुरुवाती चरणमा ग्राहकबाट राम्रो प्रतिक्रिया प्राप्त भइरहेको र स्किम अवधीभर अझै धेरै ग्राहकलले स्कुटर खरिद गर्ने उनको भनाई छ ।

लीफानको नेपाली बजारमा ई३, ई४ र ई४ ब्रिङ नामका ३ वटा मोडल उपलब्ध छन् । जसको मूल्य क्रमशः २ लाख ४९ हजार, ३ लाख १४ हजार र ३ लाख ९ हजार रुपैयाँ निर्धारण गरिएको छ । ३ देखी ४ घन्टामा फुल चार्ज गर्न सकिने यी स्कुटरले सिंगल चार्जमा ८० किलोमिटरसम्म रेन्ज दिने कम्पनी दावी छ ।

सम्बन्धित समाचारहरू

ढल्केबरमा एमजीले राख्यो ३० किलोवाटको डिसी चार्जर

ढल्केबरमा एमजीले राख्यो ३० किलोवाटको डिसी चार्जर

एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले ढल्केबरमा...

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि, दुई अर्ब ५६ करोड राजस्व संकलन

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि, दुई अर्ब ५६ करोड राजस्व संकलन

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६...

सुनराको नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा, मूल्य १ लाख ८९ हजार

सुनराको नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा, मूल्य १ लाख ८९ हजार

काठमाडौं – सुनराको नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...