८०० किलोमिटर रेन्ज दिने लेक्ससको नयाँ ईभी आउँदै

जापनिज लक्जरी ब्रान्ड लेक्ससले निकट भविष्यमा आउने आफ्नो इलेक्ट्रिक कारको टिजर वाहिर ल्याएको छ । आगामी महिना जापानमा हुने टोकियो अटो शोमा कन्सेप्ट सार्वजनिक गर्ने तयारी स्वरुप कम्पनीले पहिलोपटक टिजर सार्वजनिक गरेको हो ।

यो नयाँ कन्सेप्टले इलेक्ट्रिक कारको उत्पादन विधिमा आमूल परिवर्तन र सफ्टवेयर प्लेटफर्मलाई पूर्ण रूपमा सुधार गर्ने कम्पनीले जनाएको छ । सन् २०३५ सम्ममा आफ्नो सम्पूर्ण लाइन–अपलाई विद्युतीकरण गर्ने योजनाको पहिलो चरणमा कम्पनीले ईभीको कन्सेप्ट सार्वजनिक गर्न लागेको हो । अन्य लक्जरी ब्रान्ड विएमडब्लु र मर्सिडिज बेन्जले नयाँ कन्सेप्ट सार्वजनिक गरेपछि लेक्ससले पनि यस्तो घोषणा गरेको हो ।

लेक्ससले ल्याउन लागेको नयाँ इलेक्ट्रिक कारले सिंगल चार्जमा ८०० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यसमा टोयोटाको नयाँ लिथियम आयोन ब्याट्री टेक्नोलोजी प्रयोग हुनेछ । जुन प्रविधीमा टोयोटाले अहिले धमाधम काम गरिरहेको छ भने निकट भविष्यमा इलेक्ट्रिक लाइन–अप विस्तार गर्ने तयारी तिब्र बनाइरहेको छ ।

कन्सेप्टको टिजरमात्र सार्वजनिक गरिएका कारण लेक्ससको इलेक्ट्रिक कार तत्कालै बजारमा भने उपलब्ध हुनेछैन । यो नयाँ कार आउन कम्तिमा पनि ३ वर्ष लाग्ने कम्पनीले जनाएको छ । उच्च पर्फमेन्सयुक्त विशेषता हुने सो नयाँ कारले बिएमडब्लु आई४ र हुन्डाई आयोनिक ६ लगायत कारसंग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

आईएमई इलेक्ट्रिक (राफ्ट स्कुटर) को स्टल बन्यो ईभी नेपाल एक्सपो २०२२ मा नम्बर १ स्टल

आईएमई इलेक्ट्रिक (राफ्ट स्कुटर) को स्टल बन्यो ईभी नेपाल एक्सपो २०२२ मा नम्बर १ स्टल

काठमाडौं – तीन दिन सम्म काठमाडौंको भृकुटीमण्डपमा चलेको ‘ईभी नेपाल एक्सपो...

अष्ट्रेलियन एनक्यापको क्र्यास टेष्टमा बीवाइडी डल्फिनलाई ५ स्टार रेटिङ

अष्ट्रेलियन एनक्यापको क्र्यास टेष्टमा बीवाइडी डल्फिनलाई ५ स्टार रेटिङ

बीवाइडीको लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक डल्फिनले अष्ट्रेलियन...

अब बीवाईडी एट्टो ८, २०२५ ग्वाङझाउ अटो शोमा सार्वजनिक

अब बीवाईडी एट्टो ८, २०२५ ग्वाङझाउ अटो शोमा सार्वजनिक

बीवाईडीले २०२५ ग्वाङझाउ अटो शो मा अपग्रेडेड टाङ एल अर्थात अन्तर्राष्ट्रिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...