दशैं-तिहारमा हुन्डाई गाडी खरिद गर्दा फाइदा के ?

काठमाडौं– सवारीसाधन कारोवारको मुख्य सीजन दशैं-तिहार नजिकिएसंगै बिक्रेता कम्पनीहरुले अहिले धमाधम स्किम ल्याइरहेका छन् । यसरी स्किम लन्च गर्ने कम्पनीमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि अग्रस्थानमा रहँदै आएको छ ।

हुन्डाईले हरेक वर्षको फेस्टिभल सीजनमा आफ्ना ग्राहकलाई लक्षित गरी आकर्षक स्किम ल्याउँदै आएको छ । सोही क्रममा यसपटक कम्पनीले नगद छुट र बम्परमा एकजना भाग्यशाली विजेतालाई एक्स्टर एसयूभी उपहार दिने बताएको छ । एक्स्टरलाई कम्पनीले केहीदिन पहिले सम्पन्न नााडा अटो शोमा लन्च गरेको थियो ।

‘हुन्डाई फेष्टिभ डिलाइट २०८०’ अन्तर्गत हुन्डाईका कुनै पनि गाडीको खरिदमा ग्राहकले ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन् । साथै एक वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

हुन्डाईका सबै गाडीमा कम्पनीले ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध गराउँदै आएको छ । नेपाली बजारमा हुन्डाईका ह्याचब्याक कार ग्रान्ड आई–१० निओस देखी एसयूभीमा भेन्यू, क्रेटा, टुसान र सन्टाफे तथा इलेक्ट्रिकमा कोना र आयोनिक–५ उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

भारतमा हरेक दिन बिक्छ ५५० यूनिट क्रेटा, २०२५ मा रेकर्ड ब्रेक बिक्री

भारतमा हरेक दिन बिक्छ ५५० यूनिट क्रेटा, २०२५ मा रेकर्ड ब्रेक बिक्री

हुन्डाईको सर्बाधिक लोकप्रिय एसयूभी क्रेटाले २०२५ मा अहिलेसम्मकै उच्च...

यस्तो छ २०२४ मा भारतीय बजारमा सबैभन्दा बढी बिक्री भएका गाडी

यस्तो छ २०२४ मा भारतीय बजारमा सबैभन्दा बढी बिक्री भएका गाडी

२०२४ मा सबैभन्दा बढी बिक्री हुने कारको तथाङ्क सूची सार्वजनिक भइसकेको छ ।...

२०७९ सालको उद्योग-व्यवसायलाई फर्केर हेर्दा

२०७९ सालको उद्योग-व्यवसायलाई फर्केर हेर्दा

२०७९ सालमा उद्योग-व्यवसायको क्षेत्रमा केही सकारात्मक काम भएसँगै केही...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...