होन्डा एलीभेट खरिद गर्ने १० जना ग्राहकले नगद छुट र निशुल्क सर्भिस पाउने

काठमाडौं– नेपाली बजारमा आज लन्च भएको होन्डा एलीभेट खरिद गर्ने पहिलो १० जना ग्राहकलाई कम्पनीले ७५ हजार अतिरिक्त छुट र निशुल्क सर्भिस दिने भएको छ । होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले यो नयाँ एसयुभी लन्च कार्यक्रममा यस्तो अफर प्रदान गर्ने बताएको हो । चार भेरिएन्टमा नेपाल आएको एलीभेटको मूल्य ५६ लाख ३५ हजारदेखी ७९ लाख ४४ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

एलीभेट म्यानुअल र सीभिटी दुवै ट्रान्समिसनमा नेपाल आएको हो । यसको एसभी, भी, भीएक्स, र जेडएक्स चारवटै भेरिएन्टमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ । म्यानुअलमा यसको एसभी भेरिएन्टलाई ५६ लाख ३५ हजार, भीलाई ६० लाख ३५ हजार, भीएक्सको ६६ लाख ९५ हजार र जेडएक्सको ७३ लाख ४४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, सिभिटीमा भीको ६५ लाख ७० हजार, भीएक्सको ७१ लाख ९५ हजार र जेडएक्सको ७८ लाख ७० हजार तोकिएको छ । जेडएक्स सीभिटीलाई डुअल टोन विकल्पमा समेत उपलब्ध गराइएको छ । जसको मूल्य ७९ लाख ४४ हजार निर्धारण गरिएको छ ।

हुन्डाई क्रेटा र किया सेल्टोस जस्ता एसयूभीको प्रतिस्पर्धी वनेर आएको एलीभेटमा होन्डाले १.५ लिटर क्षमताको नेचुरल एस्पीरेटेड ईन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १२१ हर्स पावर र १४५ एनएम टर्क जेनेरेट गर्छ ।

एलीभेटको एक्सटेरियरमा एलइडी डीआरएल सहितको फुल एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी टर्न इन्डिकेटर तथा रियर एलइडी लाइट पाउन सकिन्छ । होन्डाले एलिभेटमा सिङ्गल प्यानल सनरुफ दिएको छ ।

यसैगरी इन्टेरियमा फराकिलो स्पेस, ठूलो साइजको हेड र लेग रुम, ७ इन्चको मल्टी इन्फर्मेसन डिस्प्ले र १०.२५ इन्चको हाइ डेफिनेसन फ्लोटिङ इन्फोटेन्मेन्ट डिस्प्ले पाउन सकिन्छ । आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राईभिङ्ग अनुभव दिने होन्डाले जनाएको छ ।

सुरक्षाका लागी यसमा होन्डा सेन्सिङ एडिएएस फिचर रहेको छ । साथै यसमा रियर पार्किङ सेन्सर, मल्टी एङ्गल रियर भ्यू क्यामेरा, हिल स्टार्ट एसिस्ट, लेनवाच क्यामेरा, आइएसओ फिक्स र ६ वटा एयरब्याग दिइएको छ ।

यो एसयूभीको ग्राउन्ड क्लिरेयन्स सेग्मेन्टमै उत्कृष्ट रहेको कम्पनीले दावी गरेको छ । जुन २२० एमएम छ ।

सम्बन्धित समाचारहरू

मोटरसाइकल दुर्घटना रोक्न होन्डाद्वारा स्टेयरिङ असिस्ट प्रविधिको पेटेन्ट दर्ता

मोटरसाइकल दुर्घटना रोक्न होन्डाद्वारा स्टेयरिङ असिस्ट प्रविधिको पेटेन्ट दर्ता

होन्डाले मोटरसाइकल सुरक्षालाई नयाँ स्तरमा पुर्‍याउने उद्देश्यसहित...

होन्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड सम्पन्न

होन्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड सम्पन्न

काठमाडौं – नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिङ अनुभूति...

सोनी होन्डाको इलेक्ट्रिक कार परियोजना रद्द, अफिला १ सहित सबै योजना स्थगित

सोनी होन्डाको इलेक्ट्रिक कार परियोजना रद्द, अफिला १ सहित सबै योजना स्थगित

जापानका दुई ठुला प्रविधि तथा अटोमोबाइल कम्पनी साेनी र होन्डाद्वारा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...