अब अर्को इलेक्ट्रिक बाइक नेपाली बजारमा
भारतीय कम्पनी जोय ई–बाइकका विभिन्न मोडल नेपाली बजारमा उपलब्ध भएका छन् । गत...
जी ईभीले नेपाल ल्याउन लागेको स्काइवेल ईटी–५ राइट ह्यान्ड ड्राइभमा उत्पादन शुरु भएको छ । चीनियाँ बजारमा ईभी–६ नामले चिनिने यो एसयूभी यसअघि लेफ्ट ह्यान्ड ड्राइभमा मात्र उपलब्ध थियो । विश्व बजारमा आफ्नो उपस्थितीलाई बढाउँन कम्पनीले आजदेखी यसको राइट ह्यान्ड ड्राइभ मोडल उत्पादन शुरु गरेको हो । राइट ह्यान्ड ड्राइभमा उत्पादन सुरु भएसंगै यो ईभी नेपाल आउने बाटो खुलेको छ ।
हालै सम्पन्न नाडा अटो शो–२०२३ मा जी ईभीले यसको वुकिङ शुरु गरेको थियो । उक्त मेलमा २७ युनिट ईटी–५ वुकिङ भएको कम्पनीले जनाएको छ । चीनियाँ बजारमा खासै प्रभाव जमाउन नसकेको यो गाडी टर्की र यूएईमा ईटी–५ को नामले निर्यात हुँदै आएको छ भने जर्मनीमा एलारिस बीइओ र नर्थ अमेरिकामा इमेरिअम एसईभी नामले बिक्री भइरहेको छ ।
स्काईवर्थ ग्रुपसंग साँझेदारी गरेर स्काइवेलले उत्पादन गर्दै आएको यो मिड साइज एसयूभी तीनवटा फरक ब्याट्री साइजमा उपलब्ध छ । जसमध्य ५२ किलोवाट आवर क्षमताको ब्याट्री जडित मोडलले ४०२, ७२ किलोवाट आवरले ५२० र ८६ किलोवाट आवरको ब्याट्रीले ६२० किलोमिटर रेन्ज दिने एनइडीसी र सीएलटीसीले प्रमाणित गरेको छ । यसमा जडान गरिएको १५० किलोवाट मोटरले २०४ एचपी पावर र ३२० एनएम टर्क जेनेरेट गर्ने सामाथ्र्य राख्छ ।
नेपालमा यसको लङ रेन्ज भेरिएन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ । जी ईभीले यसको मूल्य १ करोड ९ लाख निर्धारण गरेर वुकिङ लिन थालेको हो । सन् २०१७ देखी संचालनमा आएको स्काइवर्थले हाल विश्वका ४३ वढी राष्ट्रमा यो ईभी निर्यात गर्दै आएको छ । चालु वर्षको ८ महिनामा जम्मा ५ हजार ५८१ युनिट ईभी निर्यात गरेको यो ब्रान्डसंग हाल ईभी–६ र अर्को एचटी–आई मोडल उपलब्ध छ । चीनियाँ एनक्यापले जनवरीमा गरेको क्र्यास टेष्टमा यसले जम्मा वान स्टार रेटिङ पाएको थियो ।
भारतीय कम्पनी जोय ई–बाइकका विभिन्न मोडल नेपाली बजारमा उपलब्ध भएका छन् । गत...
बढ्दो इन्धनको मूल्य र विश्वभरि कडा उत्सर्जन नियमका कारण विद्युतीय सवारी...
हार्ले–डेभिडसन स्पोर्ट्स्टर एसले २४ घन्टाको एंड्युरेन्स टेस्ट (शक्ति...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...