रोयल इन्फिल्डको एकैदिन नयाँ मोटरसाइकल लन्च र शोरुम उद्घाटन

काठमाडौं– रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्स प्रालिले एकैदिन नयाँ मोटरसाइकल हन्टर लन्च गर्नुको साथै टेकुमा नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले मंगलबार नाडा अटो शोमा आफ्नो सवैभन्दा सस्तो मोटरसाइकल हन्टरलाई लन्च गर्नुको साथै सोहि दिन टेकुमा नयाँ शोरुम उद्घाटन गरेर संचालनमा ल्याएको हो । उपत्यकामा कम्पनीको यो तेस्रो शोरुम हो ।

यस्तो छ सस्तो मोटरसाइकल हन्टर

नेपालमै एसेम्वल गरिएको हन्टरलाई कम्पनीले रेट्रो र मेट्रो गरी दुईवटा भेरिएन्टमा लन्च गरेको हो । जसको मूल्य क्रमशः ४ लाख ५९ हजा र ४ लाख ७९ हजार रुपैयाँ तोकिएको छ । जुन रोयल इन्फिल्डको प्रोडक्ट पोर्टफोलियोमा सवैभन्दा सस्तो हो

रोयल इन्फिल्डको जे–प्लेटफर्ममा निर्माण गरिएको यो नयाँ बाइकमा ३४९ सीसी क्षमताको सिंगल–सिलिन्डर इन्जिन छ । यो इन्जिनले २०.२ एचपी पावरका साथ २७ एनएमको टर्क जनेरेट गर्ने सामाथ्र्य राख्छ ।

रोयल इन्फिल्डको लोकप्रिय मोडल क्लासिक ३५० भन्दा १७ किलो कम वजन भएको यसको ह्विलवेश पनि २० एमएम सानो छ । सिटको उचाइ ८०० एमएम, ह्यान्डल बार, ट्युबलेस टायर र डुअल च्यानल एविएस सहित दुवै चक्कामा डिस्क ब्रेक जस्ता फिचर यसमा पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

जावाको आयोजनामा नगरकोट सम्म लिजेन्ड्स राइड डे आयोजना

जावाको आयोजनामा नगरकोट सम्म लिजेन्ड्स राइड डे आयोजना

काठमाडौं – नेपालमा जावा मोटरसाइकलको आधिकारिक वितरक अग्नि मोटोइंकले...

आश्चर्यजनक फिचर सहित रोयल इन्फिल्डले इलेक्ट्रिक बाइक ल्याउने

आश्चर्यजनक फिचर सहित रोयल इन्फिल्डले इलेक्ट्रिक बाइक ल्याउने

रोयल इन्फिल्डले आफ्नो बाइकहरु अपडेट गर्दैछ । रिपोर्टका अनुसार कम्पनीले...

-याली अफ हिमालयाज विजेता साह रोयल इन्फिल्ड नेपालद्वारा सम्मानित

-याली अफ हिमालयाज विजेता साह रोयल इन्फिल्ड नेपालद्वारा सम्मानित

काठमाडौँ – भारतमा सम्पन्न -याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...