सेरेस मिनी ईभीको मूल्य सार्वजनिक, १४ देखी १८ लाख सम्ममा ३ भेरिएन्ट उपलब्ध

सेरेसले नेपाल ल्याएको मिनी इभी ई–१ को मूल्य सार्वजनिक भएको छ । सो मिनी ईभी ३ भेरिएन्टमा उपलब्ध हुने नेपालका लागी आधिकारिक वितरक एमएडव्लु बृद्धि अटो कर्पले जनाएको छ । जसको मूल्य १४ लाखबाट शुरु भएर १८ लाखसम्म पर्नेछ ।

एमएडब्लु बृद्धिका अनुसार १८० किलोमिटर रेन्ज दिने ई–१ वेस र फुल अप्सनमा उपलब्ध हुनेछ । जसको मूल्य १३ लाख ९९ हजार र १४ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसमा १३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ ।

यसैगरी लङ रेन्जको मूूल्य १७ लाख ९९ हजार तोकिएको छ । यसमा १६ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ भने सिंगल चार्जमा यसले २२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । एमएडब्लु स्रोतका अनुसार यो मूल्य सिमित अवधीका लागी मात्र लागु हुनेछ ।

यसअघि सेरेस–३ को मूल्य समेत सार्वजनिक गरेको थियो । कम्फर्ट र प्रिमियम भेरिएन्टमा उपलब्ध यसको मूल्य ४७ लाख ९९ हजार र ४९ लाख ९९ हजार तोकिएको छ । सिमित अवधिका लागि मात्र तोकिएको सो मूल्य पछि वढेर ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार पूग्ने कम्पनीको भनाई छ ।

सेरेसका यी नयाँ ईभी दुइ दिनपछि शुरु हुने नाडा अटो शोमा अवलोकन गर्न पाइनेछ । साथै ग्राहकले मेलास्थलबाटै गाडीको वुकिङ समेत लिन सक्नेछन् ।

सम्बन्धित समाचारहरू

पेट्रोलियम सवारीलाई इलेक्ट्रिकमा रुपान्तरण गर्दा छुट

पेट्रोलियम सवारीलाई इलेक्ट्रिकमा रुपान्तरण गर्दा छुट

सरकारले पेट्रोल तथा डिजेल सवारीलाई विद्युतीय वा अन्य वैकल्पिक इन्धनबाट...

नेपालमा सार्वजनिक भयो टाटा टिगोर ईभी, यस्तो छ मूल्य र रेन्जलगायतका विशेषता

नेपालमा सार्वजनिक भयो टाटा टिगोर ईभी, यस्तो छ मूल्य र रेन्जलगायतका विशेषता

काठमाडौं – नेपाली बजारमा टाटा इलेक्ट्रिक कार टिगोर ईभी सार्वजनिक भएको छ ।...

नामी र सेरेसमा प्रि-बजेट ब्याश अफर, यस्ता छन् सुविधै सुविधा

नामी र सेरेसमा प्रि-बजेट ब्याश अफर, यस्ता छन् सुविधै सुविधा

काठमाडौं – नेपालको प्रमुख इलेक्ट्रिक गाडी ब्रान्डहरू डोङफेङ र सेरेसले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...