वुलिङ एयर ईभी किन्न नविल बैंकले ८० प्रतिशत सम्म कर्जा दिने

काठमाडौं – नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन नविल बैंकसँग सहकार्यको घोषणा गरेको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट र नविल बैंकका तर्फबाट प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई नविल बैंकले गाडीको मूल्यको ८० प्रतिशत भन्दा बढी सम्म कर्जा उपलब्ध गराउने छ ।

२०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ ।

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिं इन्डोनेसियामा लोकप्रिय रहेको इलेक्ट्रिक कार हो ।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्, । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट वा ५० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ ।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ ।

रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

वर्षको सुरुमै एलन मस्कलाई झड्का, बीवाईडीले बेच्यो टेस्ला भन्दा धेरै गाडी

वर्षको सुरुमै एलन मस्कलाई झड्का, बीवाईडीले बेच्यो टेस्ला भन्दा धेरै गाडी

टेस्ला मालिक एलन मस्कलाई सन् २०२४ को सुरुवातमै नराम्रो झड्का लागेको छ ।...

रायमाझी भन्छन् – इकोसिस्टम निर्माण नगरी गाडीमात्र भित्र्याएर हुँदैन

रायमाझी भन्छन् – इकोसिस्टम निर्माण नगरी गाडीमात्र भित्र्याएर हुँदैन

विद्युतीय सवारी (ईभी) अहिले नेपाली अटो बजारमा मेनस्ट्रिम वनिसकेकोे छ । विगत...

चल्दाचल्दै ट्रक चार्ज हुने वायरलेस प्रविधि

चल्दाचल्दै ट्रक चार्ज हुने वायरलेस प्रविधि

अमेरिकाको पर्ड्यू विश्वविद्यालयका इन्जिनियरहरूले इन्जिन निर्माता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...