यस्ता छन् रोयल इन्फिल्ड बुलेट ३५० को न्यु जेनेरेशन बाइकका महत्वपूर्ण विशेषता

रोयल इन्फिल्डले बुलेट ३५० को न्यु जेनेरेशन बाइक भारतीय बजारमा लन्च गरेको छ । कम्पनीले सो बाइकको बुकिङ पनि लिन थालेको छ । यसको डेलिभरी पनि सुरु भएको छ ।

रोयल इन्फिल्डको नयाँ बुलेट ३५० जे प्लेटफर्ममा आधारित हो । कम्पनीको अन्य मोडल क्लासिक ३५०, मेटियोर ३५० र हन्टर ३५० पनि सोही प्लेटफर्ममा आधारित हो । जसको कारण सबैको मुख्य फ्रेम एउटै देखिन्छ । यसले बाइकको म्यानुफ्याक्चर लागत र डेभलपमेन्ट लागत कम लाग्छ ।

यसमा ३४९ सीसी एयर तथा आयल कुल्ड युनिट इन्जिन जडान गरिएको छ, जसले २० बीएचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड गियरबक्स जोडिएको छ । बाइकको एक्जस्ट नोट पनि राम्रो छ ।

कम्पनीले अन्य मोडलमा जस्तो नयाँ बुलेट ३५० को फ्युल ट्यांक, सर्कुलर हेडल्याम्प, पाइलट ल्याम्प, साइडमा टुलबक्स, स्फेरिकल टेलल्याम्प र ट्रयांगुलर साइडप्यान, ब्याजिङ र पिन स्ट्राइप्सलाई कायम राखेको छ ।

यसको लाइट स्विच र इन्स्ट्रयुमेन्ट कन्सोल क्लासिक ३५० बाट लिइएको हो । यसमा एक एनालग स्पिडोमिटर र सानो डिजिटल रिडआउट पनि छ, जसमा ड्युअल ट्रिप मिटर, ट्रिम एफ, ओडोमिटर, फ्युल गेज र टाइम जस्ता जानकारी देखाउछ ।

रोयल इन्फिल्डले बुलेट ३५० को न्यु जेनेरेशन बाइक मिलिट्रि, स्ट्यान्डर्ड र ब्ल्याक गोल्ड गरी ३ भेरिएन्टमा ल्याएको छ । यसको मूल्य क्रमशः १ लाख ७४ हजार, १ लाख ९७ हजार र २ लाख १५ हजार भारु राखिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...