रोयल इन्फिल्ड बुलेट ३५० लन्च, होन्डा र जावा बाइकलाई डर

रोयल इन्फिल्डले बहुप्रतीक्षित बुलेट ३५० भारतीय बजारमा लन्च गरेको छ । नयाँ पुस्ताको बुलेटमा ड्युल च्यानल एबीएस डिस्क ब्रेक जस्ता सेफ्टी फिचर दिइएको छ ।

नयाँ बुलेट ३५० जे–सिरिजको प्लेटफर्ममा बनेको छ, जस अन्तर्गत कम्पनीका क्लासिक ३५०, मेटियर र हन्टर जस्ता अन्य ३५० सीसी मोडलहरू समेत बजारमा उपलब्ध छन्। यो बाइकले होन्डा सीबी ३५० र जावा ४२ जस्ता बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।

नयाँ पुस्ताको बुलेट ३५० लाई पुरानो लुक कायम राख्दै नयाँ ह्यालोजन हेडलाइट र टेललाइट दिइएको छ । यद्यपि बाइकमा केही परिवर्तनहरू देखिन्छन्। यसमा फ्रेम, इन्जिन, सिंगल पिस सिट डिजाइन, आयताकार साइड बक्स र नयाँ ह्यान्डलबार समावेश छन्। यसको पछाडिको फेन्डरलाई अलिकति छोटो पारिएको छ र अगाडिको फेन्डरलाई लम्ब्याएको छ। नयाँ बुलेटमा म्याट र ग्लास ब्ल्याक फ्युल ट्यांक, नयाँ कपर र गोल्ड कलरको थ्रीडी ब्याज, क्राउन इन्सिग्निया र कपर पिनस्ट्रिपिङ रहेको छ। अर्को प्रमुख अपडेट पिसुटर एक्जस्ट मफलर हो।

नयाँ पुस्ताको बुलेट ३५० मा ३४९ सीसी सिंगल सिलिन्डर, जे–सिरिजको एयर÷आयल–कुल्ड इन्जिन छ, जुन कम्पनीको क्लासिक ३५० र हन्टर ३५० मा पनि पाइन्छ। यो इन्जिनले अधिकतम २०.१७ एचपी पावर र २७ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ। ट्रान्समिसनको कुरा गर्दा, इन्जिन ५ स्पीड म्यानुअल गियरबक्ससँग ट्युन गरिएको छ ।

बाइकमा आरामदायी सवारीको लागि अगाडि र ट्विन रियरमा ट्विन डाउनट्युब फ्रेम टेलिस्कोपिक फोर्कहरू छन्। बाइकमा अगाडि १९ इन्चको अगाडि र वपछाडि १८ इन्चको रियर वायर स्पोक ह्विल्स तथा ट्युबलेस टायर रहेको छ । यी टायर पुराना टायर भन्दा मोटो हुन्छन्।

ब्रेकिङ सिस्टमको बारेमा कुरा गर्दा, मिड र टप भेरिएन्टहरूमा ड्युअल च्यानल एबीएसको साथ ३०० एमएमको फ्रन्ट र २७० एमएमको रियर डिस्क ब्रेकहरू छन्। बेस भेरिएन्टमा सिंगल च्यानल एबीएसको साथ पछाडि ड्रम ब्रेक छ।

नयाँ पुस्ताको बुलेटले यूएसबी चार्जिङ पोर्ट, एनालग स्पीडोमिटर, फ्युल गेज र सर्भिस रिमाइन्डरसहितको नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर प्राप्त गरेको छ। अन्य मोडलहरू जस्तै, रोयल इन्फिल्डको नयाँ बुलेटमा सबै एसेसरिज र कस्टमाइजेसन अप्सन उपलब्ध हुने बताइएको छ ।

यो बाइकको शुरुवाती मूल्य १ लाख ७३ हजार र टप भेरिएन्टको मूल्य २ लाख १५ हजार भारु तोकिएको छ । यसको बुकिङ भारतमा प्रारम्भ भएको छ र सेप्टेम्बर ३ देखि नै डेलिभरी प्रारम्भ हुनेछ ।

नेपालमा हाल अल्फा अटोमोटिभले रोयल इन्फिल्डका बाइक बिक्री–वितरण गरिरहेको छ । पछिल्लो समयमा रोयल इन्फिल्डका बाइक नेपालमै एसेम्बल हुन थालेका छन् ।भविष्यमा यो बाइक पनि नेपालमै एसेम्बल हुने अनुमान गर्न सकिन्छ ।

रोयल इन्फिल्डको यो बाइकले होन्डा सीबी ३५० र जावा ४२ सँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डको ‘हन्टर राइड द लाइट–२०२३’ सम्पन्न

रोयल इन्फिल्डको ‘हन्टर राइड द लाइट–२०२३’ सम्पन्न

काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागी आधिकारिक बिक्रेता...

रोयल इन्फिल्ड मोटरसाइकल अब त्रिवेणी ग्रुपले बिक्री गर्ने, दुगड ग्रुपको वहिर्गमन

रोयल इन्फिल्ड मोटरसाइकल अब त्रिवेणी ग्रुपले बिक्री गर्ने, दुगड ग्रुपको वहिर्गमन

काठमाडौं – नेपाली बजारमा लामो समय देखि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक...

२०२२ मा लन्च हुने यी हुन् रोयल इन्फिल्ड, जावा र येज्दीका क्रुजर बाइक

२०२२ मा लन्च हुने यी हुन् रोयल इन्फिल्ड, जावा र येज्दीका क्रुजर बाइक

रोयल इन्फिल्डको हन्टरका साथै जावा र येज्दी ब्रान्डका केही नयाँ क्रुजर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...