दसैंमा घर जाने यात्रुका सवारी साधनलाई गल्फले फ्रि चेकअप गर्ने
काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ...
नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सर्बाधिक बिक्री हुने दावी गरिएको ब्रान्ड गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो डिलर सेल्स एक्जिक्युटिभ मिट सम्पन्न गरेको छ । पोखरामा आयोजित सो कार्यक्रम लुब्रिकेन्ट उद्योगमा सम्भवतः एक मात्र यस्तो कार्यक्रम हुन सक्ने कम्पनीले जनाएको छ । यो कार्यक्रममा नेपालभरका ५० भन्दा धेरै डिलर सेल्स एक्जिक्युटिभहरुको उत्साहजनक सहभागिता थियो ।
कम्पनीका अनुसार ब्रान्डको भ्यालु र बिक्री बढाउनु, योग्य र दक्ष सेल्स टिमको भूमिका सबै भन्दा धेरै हुन्छ । नेपाल ल्युब आयल लिमिटेडले आफ्नो सेल्स टिमको स्तरोन्नतिलाई ध्यानमा राखी थुप्रै पहल र कार्यक्रमहरु संचालनमा ल्याइराखेको र सो डिलर सेल्स एक्जिक्युटिभ मिट २०८० ती कार्यक्रममध्ये सबैभन्दा महत्वपूर्ण भएको पनि कम्पनीले जनाएको छ । सो मिटमा प्राविधिक र बिक्री प्रशिक्षण, बजारको वर्तमान अवस्थाको बारे छलफल, कम्पनीको प्रणाली र प्रक्रियाबारे कार्यशाला तथा प्रोडक्ट प्रशिक्षण सम्पन्न भएको थियो ।
नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराई भन्छन्, ‘हाम्रो सेल्स टिम लुब्रिकेन्ट मार्केटमा सबै भन्दा राम्रो हो भनेर सुनिश्चित गर्ने जिम्मेवारी हाम्रो हो । एक प्रशिक्षित सेल्स एक्जिक्युटिभले ग्राहकहरूलाई आफ्नो लुब्रिकेन्टको आवश्यकताहरू पूरा गर्न अझ राम्रो मद्दत गर्न सक्छ । यसले हाम्रो ब्रान्ड भ्यालु र बिक्री बढाउन मद्दत गर्नेछ । यो मिट हाम्रो सेल्स टिमलाई अझै बलियो बनाउनको लागि सम्पन्न भएको हो ।’
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ ।
काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ...
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा विभिन्न सवारी...
मोटुल इन्डिया प्रालिका चिफ एक्जिक्युटिभ अफिसर (सीईओ) हुन् नागेन्द्र पाई ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...