आयो मोटरहेडको महा चाड महा बचत अफर : बाइकमा २५ हजार देखि १ लाख सम्म छुट

काठमाडौं –मोटरहेड ब्रान्डका बाइकको नेपालको लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले दशैं तिहार र छठलाई लक्षित गर्दै आफ्नो ‘महा चाड महा वचत’ नामक अफर सार्वजनिक गरेको छ ।

विगत ७ वर्ष देखि डर्ट, क्याफे रेसर तथा स्क्र्याम्बलर सेगमेन्ट अन्तर्गतका बाइकहरु नेपाली वजारमा उपलब्ध गराउँदै आएको एसएलआर टेक्नो एन्ड ट्रेडले धोबिघाटस्थित आफ्नो शोरुम तथा सर्भिस स्टेसनबाट आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आएको छ । त्यसैगरी उपत्यका बाहिर हाल इटहरी, हेटौंडा, वुटवल, पोखरा, बाग्लुङ्ग, विर्तामोड र कावासोती तथा विकट जुम्ला बजारमा समेत आफ्नो डिलर मार्फत बिक्री–वितरण गर्दै आएको छ ।

कम्पनीले सो अफर अन्तर्गत आफ्ना मोडल इयरका आधारमा फरक अफर प्रस्तुत गरेको छ, जसमा २०२१ मोडल इयरका खरिदमा सिधै १ लाख सम्म छुट र २०२२ का मोडलहरुमा २५ हजार देखि ३५ हजार सम्मको छुटको अफर सार्वजनिक गरेको छ ।

यी बाहेक २०२२ अन्तर्गतको बाइक खरिद गर्ने ग्राहकहरुमध्ये एक जना भाग्यशाली विजेतालाई आफूले तिरेको सम्पूर्ण रकम फिर्ता पाउने गरी बम्पर अफरको व्यवस्था पनि गरेको छ । यो अफर छठ सम्म कायम रहने जानकारी कम्पनीले दिएको छ ।

हाल नेपाली बजारमा मोटरहेड ब्रान्डका एमएच १५०आर, एक्स–टर्क २२३, टेक्कन २५०, टेक्कन आर २२३, स्पोर्ट्स २२३ र स्क्र्याम्बलर गरी ६ विभिन्न मोडलका बाइकहरु उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

निषेधाज्ञा पश्चात ४ स्थानमा मोटरहेडका थ्रीएस सेन्टर खुल्ने

निषेधाज्ञा पश्चात ४ स्थानमा मोटरहेडका थ्रीएस सेन्टर खुल्ने

काठमाडौं – जारी निषेधाज्ञा सकिए पश्चात देशभरका विभिन्न ४ स्थानमा मोटरहेड...

नेपाली बजारमा भित्रिएको नयाँ स्पोर्ट्स बाइक : टारो जीपी २ २००

नेपाली बजारमा भित्रिएको नयाँ स्पोर्ट्स बाइक : टारो जीपी २ २००

नेपाली बजारमा हालै उपलब्ध टारो ब्रान्डका विभिन्न मोडलका बाइक मध्ये जीपी २...

जेठको अन्त्यसम्मा मोटरहेड अपग्रेडेड एमएच १५० आर नेपाली बजारमा उपलब्ध हुने

जेठको अन्त्यसम्मा मोटरहेड अपग्रेडेड एमएच १५० आर नेपाली बजारमा उपलब्ध हुने

काठमाडौं – मोटरहेडको नयाँ अपग्रेड गरिएको एमएच १५० आर बाइक नेपाली जेठको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...