एलआरआर मोटर्सका बिजनेस हेड श्रेष्ठको भनाइ – ईभी किन्दा ब्रान्डमा विशेष ध्यान दिनु आवश्यक छ
चिनियाँ अटो निर्माता कम्पनी जिलीले उत्पादन गरेको विद्युतीय कार ईएक्स५...
नेपालमा स्तरिय कार रेन्टल सेवा उपलब्ध गराउँदै आएको स्पार्क ग्रुपले सन् २०३५ देखी इलेक्ट्रिक कारबाट मात्र सेवा दिने योजना सार्वजनिक गरेको छ । बातावरणमैत्री र इन्धन किफायती जस्ता विशेषताका कारण पछिल्लो समय इलेक्ट्रिक भेइकलको माग विश्व बजारमा बृद्धि भइरहेको सन्दर्भमा नेपाली उपभोक्ताले समेत ईभीमा रुची बढाउँदै गएकाले अवको एक दशकपछि कम्पनी मार्फत सेवा उपलब्ध हुने सवै सवारीसाधन पूर्णतया इलेक्ट्रिक बनाउन लागिएको कम्पनी स्रोतको भनाई छ ।
सन् १९९६ मा स्थापना भएको स्पार्क ग्रुपले विभिन्न सेग्मेन्टका सवारी साधनमार्फत रेन्टल सेवा, सेल्फ ड्राइभ रेन्टल सर्भिस, टुर सर्भिस, ड्राइभर हायरिङ सर्भिस र भेइकल मेन्टिनेन्सजस्ता सेवा उपलब्ध गराउँदै आएको छ । यी सेवा उपलब्ध गराउन ग्रुप अन्गर्तत छुट्टाछुट्टै कम्पनी संचालमा छन् ।
ग्रुप अन्तर्गतको स्पार्क ड्राइभरले भाडामा ड्राइभर उपलब्ध गराउँदै आएको छ भने स्पार्क कार मार्फत रेन्टल सेवा उपलब्ध गराउन हाल सयौंको संख्यामा साना कारदेखी लक्जरियस सेडान र उच्च पर्फमेन्सयुक्त एसयूभी समेत उपलब्ध छन् । यसैगरी विगत केही वर्षयता कम्पनीले इलेक्ट्रिक कारबाट पनि सेवा दिँदै आएको छ ।
इलेक्ट्रिक कारमार्फत स्तरिय रेन्टल सेवा उपलब्ध गराउन सो ग्रुप अन्तर्गको अर्को कम्पनी सेल्फ ड्राइभले एकवर्ष अघि वीवाइडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिसंग सम्झौता गरेको छ ।
सो सम्झौता अनुसार वीवाइडीले सेल्फ ड्राइभलाई ५० वटा ई–६ कार उपलब्ध गराउने उल्लेख गरिएको छ । जसअन्तर्गत हालसम्म २२ वाट यस्ता कार कम्पनीले पाइसकेको र वाँकी कार पनि डेलीभरी हुने चरणमा रहेको छ ।
वीवाइडीसंग भएको सो सम्झौता ईभी फ्लिटका लागी दक्षिण एसियाकै ठूलो भएको सो स्रोतको दावी छ ।
चिनियाँ अटो निर्माता कम्पनी जिलीले उत्पादन गरेको विद्युतीय कार ईएक्स५...
मारुती सुजुकीले चाँडै नै आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ईभीएक्स लन्च...
काठमाडौं – नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...