एउटै मोटरसाइकलको मूल्यमा एकै पटक ४५ हजार मूल्य कमी

काठमाडौं – बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज डोमिनारको मूल्यमा एकै पटक ४५ हजार रुपैयाँले कमी गरेको छ ।

गत भदौ १ देखि लागू हुने गरी पहिले २५ हजार रुपैयाँ कम मूल्य हुने भनिएकोमा फेरि त्यसलाई परिमार्जन गर्दै ४५ हजार रुपैयाँ मूल्य कमी गरिएको हो ।

बजाज डोमिनार २५० एबीएस बीएस६ को मूल्य पहिले ५ लाख ९४ हजार ९ सय रुपैयाँ भएकोमा अब ५ लाख ४९ हजार ९ सय रुपैयाँ मात्र कायम गरिएको छ । बजेट पश्चात बढी सीसीका मोटरसाइकलको करमा कमी गरिएकाले समेत यो मूल्य कायम गरिएको अनुमान गर्न सकिन्छ ।

डोमिनार २५० मा फुल एलईडी लाइटिङ, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्प्लिट सिट र ट्विन पोड एक्जस्ट जस्ता फिचर उपलब्ध छन् ।

सस्पेन्सनका लागि बाइकमा ३७ एमएम अपसाइड डाउन फ्रन्ट फोर्क्स र ब्याकमा प्रि–लोड एड्जस्टेबल मोनोसक दिइएको छ । बजाज डोमिनार २५० लाई आफ्नो सेगमेन्टमा मोस्ट भ्यालु फर मनी प्रोडक्ट मानिन्छ ।

यो बाइकमा १३ लिटरको इन्धन ट्यांकी छ । दुवै ह्विलमा डिस्क ब्रेक छ भने सुरक्षाका लागि यसमा ड्युअल च्यानल एबीएस छ । बाइकमा बीएस६ कम्प्लायन्ट २४८.७७ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन छ । सो इन्जिनले २६.६ बीएचपी पावर र २३.५ एनएम टर्क जेनेरेट गर्छ ।

सम्बन्धित समाचारहरू

नवविवाहित जोडीलाई लक्षित बजाजको नयाँ अफर’ अफर, ७ हजारसम्म नगद छुट

नवविवाहित जोडीलाई लक्षित बजाजको नयाँ अफर’ अफर, ७ हजारसम्म नगद छुट

काठमाडौं–बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर...

औपचारिक लन्च पहिले बजाजको नयाँ बाइक एन१२५ को झलक सार्वजनिक

औपचारिक लन्च पहिले बजाजको नयाँ बाइक एन१२५ को झलक सार्वजनिक

बजाज अटोले चाँडै नै आफ्नो नयाँ बाइक पल्सर एन१२५ लन्च गर्न लागेको छ ।...

वजाज मोटरसाइकल किन्दा ८ हजार नगद छुट र हरेक हप्ता एक जनालाई १ लाख उपहार

वजाज मोटरसाइकल किन्दा ८ हजार नगद छुट र हरेक हप्ता एक जनालाई १ लाख उपहार

काठमाडौं– वजाज मोटरसाइकलको कुनै पनि मोडल खरिद गर्दा ग्राहले अव ८ हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...