फ्रान्समा १७ वर्षको उमेरमै ड्राइभिङ लाइसेन्स पाइने

फ्रान्स सरकारले सन् २०२४ मा १७ वर्ष उमेर पुगेकाहरुले ड्राइभिङ लाइसेन्स लिन पाउने घोषणा गरेको छ ।
यसअघि ड्राइभिङ लाइसेन्सका लागि न्युनतम उमेर १८ वर्ष रहेको थियो । यसले युवाहरुलाई राम्रो हुने सरकारको भनाइ छ । तर विज्ञहरुले भने यो उमेर कोही पनि व्यक्तिलाई स्वतन्त्र रुपमा सवारी चलाउन दिने उमेर हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

एक पेरिस निवासीले भने, ‘व्यक्तिगत रुपमा मैले केही वर्षअघि ड्राइभिङ परीक्षा दिएँ । तर यो एकदमै नराम्रो महशुस भयो । किनभने म त्यो बेला जम्मा १८ वर्षको थिएँ । त्यो बेला मैले अझै सिक्नुपर्ने थियो । सवारी चलाउन एकाग्रताको बारेमा धेरै सिक्न आवश्यक थियो । मलाई पनि त्यो बेला थाहा थिएन की यो राम्रो छ की छैन भनेर तर यसका लागि परिपक्व हुन जरुरी हुन्छ ।’

सडक दुर्घटनामा १८ देखि २४ वर्ष उमेर समूहका युवाहरु बढी पर्ने गरेको कुरालाई मध्यनजर गरी फ्रान्सेली प्रधानमन्त्री एलिजावेथ बोर्नले ड्राइभिङ लाइसेन्स प्राप्तिका लागि आवश्यक मापदण्डहरुमा उच्चस्तरको ध्यान दिने प्रतिवद्धता जनाएको समाचारमा जनाइएको छ । फ्रान्सका ड्राइभिङ प्रशिक्षक इसाक बेलिनले सबै ट्राफिक दुर्घटनाहरुको एक चौथाइ दुई वर्ष भन्दा कम ड्राइभिङ अनुभव भएका मानिसहरुका कारण हुने गरेको बताए ।

उनले भने, ‘मसँग एउटा सानो अनुभव छ, यो याद गर्नुपर्छ की आज फ्रान्समा सबै ट्राफिक दुर्घटनाहरुको एक चौथाइ दुई वर्ष भन्दा कम ड्राइभिङ अनुभव भएका मानिसहरुका कारण हुने गर्दछन् । त्यसैले ट्राफिक दुर्घटनाहरुको २५ प्रतिशत अझै पनि धेरै उच्च संख्या हो । युवाहरुलाई यसबारेमा सचेत गराउनसके दुर्घटना कम हुनेछ ।’

युवाहरुमा आत्मविश्वास बढाउनसके यस्ता दुर्घटना कम हुँदै जाने उनको भनाइ छ ।

सम्बन्धित समाचारहरू

एघार वर्षपछि बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुल्यो

एघार वर्षपछि बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुल्यो

काठमाडौँ- म्याग्दीलगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित...

३२ वर्ष अघिको सवारी तथा यातायात व्यवस्था ऐन संशोधनका लागि तयार, के छन् नयाँ व्यवस्था ?

३२ वर्ष अघिको सवारी तथा यातायात व्यवस्था ऐन संशोधनका लागि तयार, के छन् नयाँ व्यवस्था ?

काठमाडौँ – सरकारले सवारी चालक अनुमतिपत्र अर्थात् लाइसेन्स लिन चाहिने...

निर्वाचनको असर : मंसिर १ देखि लाइसेन्सको अनलाइन आवेदन अनिश्चित कालका लागि बन्द

निर्वाचनको असर : मंसिर १ देखि लाइसेन्सको अनलाइन आवेदन अनिश्चित कालका लागि बन्द

काठमाडौं – आगामी मंसिर १ देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...