लन्च भयो भारत एनसीएपी, के भन्छन् कार निर्माता ?

भारतको केन्द्रीय सडक यातायात र राजमार्ग मन्त्रालयले बहुप्रतीक्षित भारत न्यू कार असेसमेन्ट प्रोग्राम (भारत एनसीएपी) लन्च गरेको छ । अक्टोबर १, २०२३ देखि भारतभर एनसीएपी लागु हुनेछ । एनसीएपी लागु गर्ने देशमा भारत विश्वको पाँचौं देशमा पर्नेछ ।

भारत एनसीएपी लागु गरेसँग भारतका केन्द्रीय सडक यातायात र राजमार्ग मन्त्री नितिन गडकरीले देशमा कारको सुरक्षा र उच्च निर्यात गुणस्तर सुनिश्चित गर्ने जानकारी दिएका छन् । यहाँ कार निर्माताले स्वेच्छिक रूपमा परीक्षण र मूल्याङ्कनका लागि आफ्नो कार मोडलहरू पेश गर्न सक्नेछन् ।

कारको परीक्षण ग्लोबल एनसीएपी र यूरो एनसीएपी क्रयास टेस्टिङ प्रोटोकल अनुरूप गरिन्छ र ० देखि ५ स्टार बीच सेफ्टी रेटिङ दिइन्छ ।

मारुती सुजुकी, महिन्द्रा एण्ड महिन्द्रा, टोयोटा, हुन्डाई, रेनो र स्कोडा जस्ता अटो निर्माताले भारत एनसीएपी पेश गर्ने कदमलाई पहिले नै स्वागत गरिसकेका छन् ।

भारत एनसीएपी लन्चिङको समयमा मारुती सुजुकीका कार्यकारी अधिकृत राहुल भारतीले सरकारको भारत एनसीएपीलाई स्वागत गरेको र पहिलो ब्याचमा एनसीएपी परीक्षणका लागि कम्तीमा ३ वटा कार पेश गर्ने बताए । साथै, सबै प्रयोगकर्तालाई अगाडि वा पछाडिको सिटमा सिट बेल्ट बाँध्न अनुरोध गरेका छन् ।

बिक्रीको हिसाबले भारतको दोस्रो ठूलो कार निर्माता हुन्डाई मोटर इन्डियाले भारतको सो कदमलाई स्वागत गर्दै कम्पनीका प्रबन्ध निर्देशक र सीईओ अन्सु किमले सरकारको बीएनसीएपी सुरक्षा पहललाई स्वागत गर्दै भारत थप सुरक्षा मापदण्डहरू बढाउनेछ र भारतीय सडकलाई सबैका लागि सुरक्षित बनाउनेमा विशस्त भएको जानकारी दिएका छन् ।

त्यस्तै स्कोडा अटो इन्डिया, टोयोटा किर्लोस्कर मोटर र रेनो इन्डियाले पनि सरकारको सो कदमलाई स्वागत गरेको छ । रेनो इण्डिया अपरेसनका कन्ट्री सीईओ र प्रबन्ध निर्देशक वेंकटराम मामिलापल्लेले भने, “म यो दूरदर्शी र ऐतिहासिक पहलका लागि भारत सरकारको प्रशंसा गर्दछु ।’

इन्डिया न्यू कार एसेसमेन्ट प्रोग्राम साँच्चै अटोमोटिभ उद्योगमा एउटा ऐतिहासिक घटना भएको र ड्राइभर, यात्रु तथा पैदल यात्रुहरूको सुरक्षामा ध्यान दिने जानकारी उनले दिएका छन् ।

सम्बन्धित समाचारहरू

नयाँ वर्षमा हुन्डाई गाडी किन्दा आयो यस्तो अफर, नगद छुट र बोनस लगायत थप सुविधा

नयाँ वर्षमा हुन्डाई गाडी किन्दा आयो यस्तो अफर, नगद छुट र बोनस लगायत थप सुविधा

काठमाडौं – हुन्डार्ई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

हुन्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

हुन्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं – नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी...

टाटा र जीपपछि  हुन्डाईले पनि लन्च गर्यो क्रेटाको ‘नाइट एडिसन’

टाटा र जीपपछि हुन्डाईले पनि लन्च गर्यो क्रेटाको ‘नाइट एडिसन’

भारतमा अटो निर्माताविच स्पेल एडिसनका सवारीसाधन उत्पादन गर्ने ट्रेन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...