गोदावरी इलेक्ट्रिक मोटर्सको पहिलो इलेक्ट्रिक स्कुटर ईब्लु फियो लन्च, कस्तो छ स्कुटर ?

गोदावरी इलेक्ट्रिक मोटर्सले भारतमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर लन्च गरेको छ । कम्पनीले अगस्त १५ मा यसको बुकिङ सुरु गरेको थियो भने अब यसको डेलिभरी सुरु हुनेछ ।

कम्पनीले सो स्कुटरमा २.५२ किलोवाटको ब्याट्री प्याक दिएको छ । यसमा रहेको मोटरले ११० एनएमको टर्क जेनेरेट गर्छ । राइडिङका लागि यसमा इकोनोमी, नर्मल र पावर मोड दिइएको छ । सिंगल चार्जमा सो स्कुटरले ११० किलोमिटरको रेन्ज प्रदान गर्छ । यसको टप स्पिड ६० किमी प्रतिघन्टा रहेको छ । साथै यसमा रिजेनेरेटिभ टेक्नोलोजी पनि दिइएको छ ।

कम्पनीले यसमा ब्लुटुथ कनेक्टिभिटी, फराकिलो फ्लोरबोर्ड, कन्भेनियन्स बक्स, मोबाइल चार्जिङ पोर्ट, ७.४ इन्च फुल डिजिटल कलर डिस्प्ले, कल अलर्ट, साइड स्ट्यान्ड सेन्सर जस्ता फिचर दिइएको छ ।

सो स्कुटर कम्पनीले ९९ हजार ९९९ भारु मूल्यमा लन्च गरेको हो । साथै यसमा कम्पनीले ३ वर्ष र ३० हजार किलोमिटरको वारेन्टी पनि दिएको छ ।

रेन्ज र मूल्यका हिसाबले सो स्कुटर ओलाको वान एक्स, बजाज चेतक, टीभीएस आइक्यूब जस्ता इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ । ओलाको वान एक्स फुल चार्जमा १५१ किलोमिटर, बजाज चेतकले १०८ किलोमिटर र आईक्युबले १०० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

सम्बन्धित समाचारहरू

गस्ती गर्नका लागि प्रहरीलाई बजाजको विद्युतीय अटो टेम्पो

गस्ती गर्नका लागि प्रहरीलाई बजाजको विद्युतीय अटो टेम्पो

काठमाडौं – गस्ती गर्नका लागि इटहरी उपमहानगरपालिकाका प्रहरीले विद्युतिय...

अब एउटा कारबाट अर्को कार चार्ज गर्न सकिने : हुन्डाई, किया र फोर्डले विकास गरे प्रविधि

अब एउटा कारबाट अर्को कार चार्ज गर्न सकिने : हुन्डाई, किया र फोर्डले विकास गरे प्रविधि

इलेक्ट्रिक गाडीको ब्याट्री चार्ज बाटैमा सकियो भने पनि अब समाधान हुने भएको...

ईभी, हाइब्रिड र सोलारपछि अब फ्लेक्स फ्युल कारको चर्चा : के हो फ्लेक्स फ्युल ?

ईभी, हाइब्रिड र सोलारपछि अब फ्लेक्स फ्युल कारको चर्चा : के हो फ्लेक्स फ्युल ?

इलेक्ट्रिक भेइकल, हाइब्रिड कार र सोलार कार पछि अब नयाँ फ्युलको चर्चा चलेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...