औपचारिक लन्च पहिले बजाजको नयाँ बाइक एन१२५ को झलक सार्वजनिक
बजाज अटोले चाँडै नै आफ्नो नयाँ बाइक पल्सर एन१२५ लन्च गर्न लागेको छ ।...
बजाज अटोले आफ्नो इलेक्ट्रिक स्कुटर चेतक इलेक्ट्रिकको मूल्यमा भारी कटौतीको घोषणा गरेको छ । यसको मूल्य अब १ लाख ३० हजार भारु पर्ने भएको छ । कम्पनीले इलेक्ट्रिक चेतक स्कुटरमा सीमित अवधिको लागि मात्र यो छुट दिएको हो । यद्यपि सो छुटको अन्त्यको लागि कुनै निश्चित मिति भने घोषणा गरिएको छैन ।
इलेक्ट्रिक बजाज चेतकको यो छुटले यसलाई एथर ४५०एक्स र टप स्पेक ओला एस१ प्रो जेन २ भन्दा बढी किफायती बनाएको छ । भारतमा एथर ४५० एक्सको मूल्य १ लाख ३८ हजार र एस१ प्रो जेन २ को मूल्य १ लाख ४७ हजार भारु छ ।
बजाज चेतक इलेक्ट्रिक स्कुटरमा लिथियम आयोन ब्याट्री प्याक छ । यसको इको मोडमा ९० किलोमिटर र स्पोर्ट्स मोडमा ८० किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ । स्कुटरमा २३० भोल्ट पोर्टेबल चार्जर प्रयोग गरेको छ ।
बजाजले चेतकको बडी स्टिलबाट बनाएको छ । सो स्कुटर अल एलईडी लाइटिङमा उपलब्ध छ । यसमा २ वटा राइडिङ मोडका साथै रिभर्स मोड पनि छ । सो स्कुटरमा हिल होल्ड असिस्ट, रोल ओभर डिटेक्शन, यूएसबी चार्जर र स्मार्ट कि उपलब्ध छ ।
यसमा ओभर द एयर अपडेट र एन्ड्रोइडका साथै आईओएसमा उपलब्ध माई चेतक एप्लिकेसनको साथ ४जी कनेक्टिभिटी पनि छ । यसमा १८ लिटर अन्डरसेट स्टोरेज छ भने ४ लिटर ग्लोभबक्स स्टोरेज दिइएको छ ।
चेतक प्रिमियम एडिशन पनि उपलब्ध छ जसमा रंगीन एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, बडी कलर रियर भ्यू मिरर, ड्युअल टोन सिट, ह्विल रिम्समा डेकल ब्रान्डिङ र पिलियन फुटरेस्ट र चारकोल ब्ल्याक ट्रिम समावेश छ ।
बजाज चेतक इलेक्ट्रिक स्कुटर नेपालमा समेत प्रतीक्षा गरिएको स्कुटर हो । यसकारण पनि यसको असर नेपालमा पनि पर्न सक्छ ।
बजाज अटोले चाँडै नै आफ्नो नयाँ बाइक पल्सर एन१२५ लन्च गर्न लागेको छ ।...
चिनियाँ ईभी निर्माता लिप मोटरले भारत प्रवेश गर्ने योजना बनाएको छ । मिडिया...
जिकरले पिक पावर १.२ मेगावाटको पुर्ण रुपमा लिक्विड–कुल्ड चार्जिङ स्टेसन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...