इस्ट लिंक मोटर्सको ९ महिनाको आम्दानी साढे १ अर्ब

काठमाडौँ - विलासी कार उत्पादक कम्पनी टोयोटाको क्षेत्रीय बिक्रेता इस्ट लिंक मोटर्स प्रालिले आर्थिक वर्ष २०७९\८० को ९ महिनामा १ अर्ब ५० करोड १० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ६९ करोड ४० लाख सञ्चालन आम्दानी गरेको थियो । गत आवको ९ महिनाको सञ्चालन आम्दानीलाई अघिल्लो आवको सोही अवधिको आम्दानीसँग तुलना गर्दा कम्पनीको आम्दानी २५।७१ प्रतिशतले घटेको हो ।

कम्पनीको सञ्चालन आम्दानीमा आएको गिरावटले अन्य वित्तीय सूचांकमा ठूलो प्रभाव पारेको छैन । ह्रासकट्टी, परिशोधन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा गत आवको ९ महिनामा कुल सञ्चालन आम्दानीको ६।७ प्रतिशत रहेको छ । जुन अघिल्लो आवमा ४।४ प्रतिशत थियो ।

सन् २००७ मा स्थापना भएको कम्पनीका हाल ३ वटा आफ्नै सोरुम सञ्चालनमा रहेका छन् । काठमाडौँको लैनचौर, गैरीधारा र ललितपुरको कुपन्डोलमा कम्पनीका सोरुम सञ्चालनमा छन् ।

त्यस्तै टोयोटाको प्राडो मोडलका कारहरुले कुल आम्दानीको ५३ प्रतिशत हिस्सा ओगटेको कम्पनीले जनाएको छ । यस्तै कम्पनीले हाइलक्स मोडलका कारबाट २४ प्रतिशत र र्फोचुनरबाट १० प्रतिशत आम्दानी गरेको हो ।

कम्पनीले ९६ करोड ८० लाख बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ९६ करोड ८० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १।२ गुणा रहेको छ ।

सम्बन्धित समाचारहरू

इभीका लागी आवश्यक कम्पोनेन्ट भारतमै उत्पादन गर्ने टोयोटाको योजना

इभीका लागी आवश्यक कम्पोनेन्ट भारतमै उत्पादन गर्ने टोयोटाको योजना

जापनिज अटो निर्माता टोयोटाले इभीका लागी आवश्यक कम्पानेन्टको उत्पादन...

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

काठमाडौं –  हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...

पुल्चोकस्थित टोयोटा शोरुममा मनसुन एक्सचेन्ज अफर, के–के छन् सुबिधा

पुल्चोकस्थित टोयोटा शोरुममा मनसुन एक्सचेन्ज अफर, के–के छन् सुबिधा

काठमाडौं–टोयोटा गाडिको ललितपुरस्थित बिक्रेता ग्यालेक्सी अटोमोबाइल्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...