अगस्त अन्त्यमा लन्च हुनेछ टोयोटा रुमियन, यी हुनेछन् प्रतिस्पर्धी

टोयोटाले केही समय पहिले सार्वजनिक गरेको एमपीभी रुमियन अगस्त अन्त्यमा लन्च हुने भएको छ ।

कम्पनीको आधिकारिक वेबसाइटमा दिइएको जानकारीका अनुसार सो एमपीभीमा स्मार्टफोन कनेक्टिभिटी, १७.७८ सेमी इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, अटो हेडल्याम्प, फलो मी हेडल्याम्प, स्प्लिट सिट, डुअल कलर इन्टेरियर, एयरब्याग, एबीएस, ईबीडी, हिल स्टार्ट असिस्टलगायत फिचर छन् ।

टोयोटाको रुमियनमा १.५ लिटरको इन्जिन हुनेछ । जसमा पेट्रोल र सीएनजीको विकल्प उपलब्ध हुनेछ । साथै, सो एमपीभीमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन विकल्पहरू पनि उपलब्ध हुनेछन्। कम्पनीका अनुसार १.५ लिटर इन्जिनले १०१ बीएचपी पावर र १३६.८ एनएम टर्क जेनेरेट गर्नेछ । टोयोटा रुमियोनको पेट्रोल भर्सनबाट औसत २०.५१ किमी र सीएनजी भर्सनबाट २६.११ किमी माइलेज प्राप्त गर्न सकिने छ ।

यो एमपीभी टोयोटाले बजेट एमपीभीको रूपमा लन्च गर्नेछ। त्यसपछि यसले मारुती अर्टिगा, किया क्यारेन्स र रेनोको ट्राइबरसँग सीधा प्रतिस्पर्धा गर्नेछ।

यसको मूल्य अहिले नै सार्वजनिक गरिएको छैन । यद्यपि यसको मूल्य १० लाख भारुको आसपास हुन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

सोसल मिडियामा चर्चित छ टोक्यो ओलम्पिकमा बल ब्वाई बनेको टोयोटा ई–प्यालेट

सोसल मिडियामा चर्चित छ टोक्यो ओलम्पिकमा बल ब्वाई बनेको टोयोटा ई–प्यालेट

जापानमा हाल चलिरहेको टोक्यो ओलम्पिक २०२१ को अफिसियल स्पोन्सर टोयोटा रहेको...

टोयोटाले सार्वजनिक ग-यो पहिलो अल–इलेक्ट्रिक एसयूभी बीजेड४एक्स, ५०० किमी रेन्ज दिने

टोयोटाले सार्वजनिक ग-यो पहिलो अल–इलेक्ट्रिक एसयूभी बीजेड४एक्स, ५०० किमी रेन्ज दिने

टोयोटाले पहिलो अल–इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । जसलाई बीजेड४एक्स...

टोयोटा हाइराइडरका यस्ता छन् ५ विशेषता : जसले एसयूभीलाई बनाएको छ नम्बर १

टोयोटा हाइराइडरका यस्ता छन् ५ विशेषता : जसले एसयूभीलाई बनाएको छ नम्बर १

टोयोटाले चाँडै नै मारुती सुजुकीसँग साझेदारीमा मिड साइज एसयूभी सेगमेन्टमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...