बीवाईडीले ल्याउने नयाँ इलेक्ट्रिक कार ‘बीवाईडी सील’ को तस्बिर सार्वजनिक
बीवाईडीले बजारमा लन्च गर्ने अन्तिम तयारीमा रहेको नयाँ इलेक्ट्रिक कार...
इलेक्ट्रिक सवारी साधनको ब्याट्री बारम्बार चार्ज गर्नुपर्ने झन्झट अब छिट्टै अन्त्य हुने भएको छ । चिनियाँ कम्पनी सीएटीएलले विश्वको पहिलो लिथियम आइरन फस्फेट ब्याट्री लन्च गर्ने भएको छ, जसलाई ४सी प्रविधिबाट चार्ज गर्न सकिनेछ । यस अनुसार घण्टौ चार्जिङको समयलाई घटाएर अब ब्याट्री कम समयमै चार्ज गर्न सकिने भएको छ ।
सो ब्याट्री चार्ज गरेको १० मिनेटमा ४०० किलोमिटरसम्म ड्राइभ गर्न सकिनेछ । यसलाई फुल चार्ज गर्न १५ मिनेटको समय मात्र लाग्नेछ । कम्पनीले यसमा मोड्युल र ब्याट्रीको केमिस्ट्रीका कारण यो ब्याट्री सुपरफास्ट गतिमा चार्ज गर्न सम्भव भएको दाबी गरेको छ ।
इलेक्ट्रोलाइटको गुणका कारण फास्र्ट चार्ज गर्दा ब्याट्री सामान्य स्तरमा मात्र तात्ने भएकाले यो पूर्णतया सुरक्षित रहेको सीएटीएलले दाबी गरेको छ । कम्पनीले ब्याट्रीको तापक्रम नियन्त्रण गर्न एल्गोरिदम प्रयोग गरेको छ । कम्पनीले ६ हजार ८ सय तरिकाबाट ब्याट्री निरीक्षण गरेर मात्रै तयार गर्ने कम्पनीको भनाइ छ ।
सामान्यतया धेरै चिसो ठाउँमा लिथियम आयोन ब्याट्री चार्ज गर्न धेरै गाह्रो हुन्छ । तापक्रम जति कम हुन्छ ब्याट्री चार्ज हुने समय त्यति नै लामो हुन्छ । यस्तो अवस्थामा सीएटीएलको नयाँ एलएफपी ब्याट्री माइनस १० डिग्रीमा पनि ० देखि ८० प्रतिशतसम्म चार्ज हुन मात्र ३० मिनेट लाग्छ । यो ब्याट्री फुल चार्जमा ७०० किलोमिटरको रेन्ज दिनेछ ।
सो ब्याट्री २०२४ मा लन्च गर्ने तयारी भइरहेको छ । कम्पनीका अनुसार सन् २०२४ को पहिलो त्रैमासिकमा फास्ट चार्ज हुने ब्याट्रीले सुसज्जित नयाँ इलेक्ट्रिक सवारी साधन बजारमा उपलब्ध हुनेछ ।
बीवाईडीले बजारमा लन्च गर्ने अन्तिम तयारीमा रहेको नयाँ इलेक्ट्रिक कार...
इलेक्ट्रिक कारको ब्याट्री चार्ज गर्नका लागि हाल विभिन्न विकल्प उपलब्ध छन्...
बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...