एभरेष्ट फेस्टिभ बोनान्जा २०८० : १०.९९ प्रतिशत स्थिर ब्याजदरमा सवारी कर्जा पाइने

काठमाडौँ( एभरेष्ट बैंकले आउँदै गरेका दसैं तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’ अफर सुरु गरेको छ। बैंकले तिज, दशैं, तिहार र छठको अवसरमा नेपाली नागरिकका लागि ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’को सुरुवात गरेको हो। उक्त अफर शुक्रबारदेखि नै लागू हुने बैंकले जानकारी दिएको छ।

अफरमा न्यून ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराइने बैंकले बताएको छ। साथै सेवा शुल्कमा पनि छुटको व्यवस्था रहेको बैंकको भनाइ छ। बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार अफरअन्तर्गत घर कर्जा १०.७४ प्रतिशतको स्थिर ब्याजदरबाट सुरु हुनेछ।

साथै घर निर्माणका लागि शतप्रतिशतसम्म बैंक लगानी रहने छ। त्यस्तै सवारी कर्जा १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा उपलब्ध गराइने र विद्युतिय सवारीमा ८० प्रतिशतसम्म बैंक फाइनान्स रहने बैंकको भनाइ छ।

व्यक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा सेयर कर्जाकोसमेत उपभोग गर्न सकिने बैंकको भनाइ छ। तीन महिनाका लागि लागू हुने अफरमा कृषि, साना तथा मझौला कर्जालगायतमा पनि सहुलियत हुने बैंकको भनाइ छ।

सम्बन्धित समाचारहरू

बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक : अटो लोनको दर उही

बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक : अटो लोनको दर उही

काठमाडौं – बैंकहरुले असोज महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक...

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...

निरन्तर घट्दो क्रममा अटो लोन, यस्तो छ मंसिर सम्मको तथ्यांक

निरन्तर घट्दो क्रममा अटो लोन, यस्तो छ मंसिर सम्मको तथ्यांक

बैंक तथा वित्तीय संस्थाले हायर पर्चेज अर्थात् सवारीसाधनमा उपलब्ध गराउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...