हुन्डाई भेन्यू अव ‘नाइट एडिसन’मा पनि, यस्ता छन् विशेषता

हुन्डाईले आफ्नो लोकप्रिय एसयूभी भेन्यूलाई नयाँ एडिसनमा उतारेको छ । रेगुलर भेन्यूमा व्ल्याक कलर थिम दिएर कम्पनीले यसको ‘नाइट एडिसन’ ल्याएको हो । सो नयाँ एडिसनको मूल्य १० लाखदेखी १३.४८ लाख भारुसम्म निर्धारण गरिएको कम्पनीले जनाएको छ । हुन्डाइले यसअघि क्रेटालाई पनि नाइट एडिसनमा ल्याएको थियो ।

भेन्यू नाइट एडिसनमा हुन्डाईले ग्रिल र लोगो सहित सम्पूर्ण एक्सटेरियरलाई आकर्षक कालो रङमा तयार पारेको छ । साथै यसको रुफ रेल, शार्क–फिन एन्टेना, ओरभिएमएस र अलोई ह्विल लगायत सम्पूर्ण भागमा कालो रङ पेन्ट गरिएको छ । यसको ब्रेक क्यालिपरमा भने रातो रङ दिइएको देख्न सकिन्छ । एक्सटेरियरमा जस्तै कार भित्रको इन्टेरियरलाई पनि ब्ल्याक कलर थिममै सजाइएको छ । यसको फिचर र मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन ।

भेन्यूको नाइट एडिसनलाई हुन्डाइले १.२ लिटर पेट्रोल र १ .० लिटर टर्वो पेट्रोल इन्जिनमा उपलब्ध गराएको हो । यसको १.५ लिटर डिजेल इन्जिनलाई भने सो नयाँ एडिसनमा उपलब्ध गराइएको छैन । भेन्यू एन–लाइनमा जस्तै यसको नाइट एडिसनमा कम्पनीले ड्यास क्याम भने थप गरेको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईको सबैभन्दा सानो एसयूभीको नाम हुनेछ क्यास्पर

हुन्डाईको सबैभन्दा सानो एसयूभीको नाम हुनेछ क्यास्पर

हुन्डाईले ‘एएक्स१’ कोडनेम दिएर विकास गरिरहेको सबैभन्दा सानो एसयूभीको नाम...

३ लाख युनिट बिक्री भयो हुन्डाईको लोकप्रिय सब–कम्प्याक्ट एसयूभी भेन्यु

३ लाख युनिट बिक्री भयो हुन्डाईको लोकप्रिय सब–कम्प्याक्ट एसयूभी भेन्यु

हुन्डाईको लोकप्रिय सब–कम्प्याक्ट एसयूभी भेन्यु सन् २०१९ मा लन्च भएदेखि...

आज लन्च हुँदैछ हुन्डाई अल्काजार, यस्तो हुनेछ १५ मुख्य फिचर

आज लन्च हुँदैछ हुन्डाई अल्काजार, यस्तो हुनेछ १५ मुख्य फिचर

हुन्डाईले तीन पंक्ति भएको हुन्डाई अल्काजार लन्च गर्ने भएको छ । सो कार खरिद...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...