चेरीद्वारा सिंगल चार्जमा ९३२ माइल रेन्ज दिने नयाँ सोलिड स्टेट ब्याट्रीको विकास
चिनियाँ अटो निर्माता चेरीले सोलिड स्टेट ब्याट्रीमा नयाँ प्रबिधीको अनावरण...
भियतनामको विद्युतीय सवारी निर्माता ‘भिनफास्ट’ले सेयर बजारको कुल मूल्यांकनका आधारमा फोर्ड र जनरल मोटर्स (जीएम)लाई पछि पारेको छ ।
न्यूयोर्कमा नासडाक स्टक एक्सचेन्जमा पहिलो पटक पहिलो दिन भएको डेब्यु ट्रेडमा कम्पनीको सेयर मूल्य ३७ अमेरिकी डलरभन्दा माथि पुगेको हो । यसले भिनफास्टको बजार पुँजीकरण ८५ अर्ब अमेरिकी डलरभन्दा बढी पुर्याएको हो । यो बजार पुँजीकरण फोर्डको ४८ अर्ब अमेरिकी डलर र जीएमको ४६ अर्ब अमेरिकी डलरभन्दा बढी हो ।
विद्युतीय सवारी उत्पादक कम्पनीहरूबीच दौड चलिरहेका बेला भिनफास्टले दुई विश्वप्रख्यात कम्पनीको बजार पुँजीकरणलाई जितेको हो । यससँगै भिनफास्टका अध्यक्ष एवं संस्थापक फाम न्हाट वुङको सम्पत्तिमा ३९ अर्ब अमेरिकी डलरले बढेको छ । उनी यसअघि नै पनि भियतनामका धनाढ्य व्यक्ति हुन् ।
नियामक निकायको विवरणले कम्पनीको ९९ प्रतिशत सेयर उनीसँगै रहेको देखाएको छ । जुन भियतनाको सबैभन्दा ठूला कंग्लोमेट भिनग्रुप जेएससीअन्तर्गत रहेको छ । यसले अन्य लगानीकर्ताका लागि ट्रेड गर्न मिल्ने सेयर संख्या सीमित पारिदिएको छ अन्यथा कम्पनीको पुँजीकरण अझैं बढी हुनेथियो ।
चिनियाँ अटो निर्माता चेरीले सोलिड स्टेट ब्याट्रीमा नयाँ प्रबिधीको अनावरण...
प्रिमियम लक्जरी कार निर्माता कम्पनी रोल्स रोयसले संसारकै सबैभन्दा महंगो...
होन्डाले सुटकेस जस्तै देखीने सानो आकारको मिनी इलेक्ट्रिक स्कुटर देखाएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...