ओलाले देखायो ४ नयाँ इलेक्ट्रिक मोटरसाइकलको कन्सेप्ट

भारतको अग्रणी इलेक्ट्रिक टु–ह्विलर निर्माता ओलाले भविष्यमा आउने ४ फरक सेग्मेन्टका मोटरसाइकलको कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले एकैपटक इलेक्ट्रिक क्रुजर, एड्भेन्चर, रोडस्टर र स्पोर्ट बाइकको कन्सेप्ट देखाएको हो । यी मोटरसाइकलको उत्पादनले अर्को वर्षको अन्त्यसम्ममा अन्तिम रुप लिइसक्ने कम्पनीको भनाई छ ।

ओलाले यी नयाँ कन्सेप्ट बाइकवारे विस्तृत जानकारीहरु भने वाहिर ल्याइसकेको छैन । यद्यपी यसको स्पोर्ट बाइकको नाम डायमन्डहेड रहने र सो नयाँ मोटरसाइकलमा ठूलो आकारको विन्डस्क्रिन, एलइडी स्ट्रिप हेडल्याम्प र अत्याधुनिक एवं सुविधासम्पन्न डिजिटल डिस्प्ले रहने आँकलन गरिएको छ । साथै, सो नयाँ मोटरसाइकलको अगाडी ठूलो स्विंगआर्म समेत उपलब्ध हुनेछ ।

इलेक्ट्रिक टु–ह्विलरमा भारतको लिडिङ ब्रान्ड वन्न सफल ओलाले मंगलबार एस१ एक्स रेन्जका नयाँ स्कुटर र जेन–२ एस१ प्रो लन्च गरेको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...