रोयल इन्फिल्ड हिमालयन ७५० आउँदै, यस्ता छन् विशेषता
रोयल इन्फिल्डले हालै लद्दाखको लेहमा हिमालयन ७५० को शोकेस गरेको छ । सो...
काठमाडौँ - विश्वमा सबैभन्दा पुरानो मोटरसाइकल उत्पादक कम्पनी, “रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले 'लेडी राइडर्स मिट' कार्यक्रम आयोजन गरेको छ ।

कार्यक्रममा रोयल इन्फिल्डका महिला राइडरहरूको सहभागीता भएको थियो । कम्पनीका अनुसार यस कार्यक्रमको मुख्य उद्देश्य श्रावणमा मेहंदी संस्कृति संरक्षण/प्रवर्धन, सडक सुरक्षाबारे जनचेतना र दुई पाङ्ग्रे सवारीको पर्यटक प्रवर्द्धन गर्नु रहेको छ ।

साउन २६ गते दिउँसो २ बजे देखि रोयल इनफिल्डको नक्साल शोरूममा सुरू भएको यो कार्यक्रममा महिला राइडरहरूका लागि साउनको सांस्कृतिक महिना मनाउन मेहन्दी कार्यक्रम आयोजना गरिएको थियो, जहाँ राइडरहरूको इच्छा अनुसार मेहन्दी कला प्रदर्शन गर्न पेशेवर मेहन्दी कलाकार नियुक्त गरिएको थियो ।

मेहन्दी कार्यक्रमपछि महिला राइडरहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । उनीहरूलाई नयाँ क्लासिक ३५० सीसी र स्क्राम ४११ सीसीको अन रोड अनुभव प्राप्त गर्न टेस्ट राइड गराएकाे कम्पनीले जनाएकाे छ । टेस्ट राइडको अनुभव प्राप्त गरेपछी महिला राइडरहरुलाई कम्पनीको तर्फबाट बिदाइ गरिएको थियो ।

सहभागी महिला राइडरहरूलाई कम्पनीका प्रतिनिधि कल्पना भण्डारी, प्रविना ढुंगाना र अनुज मल्लले स्वागत–सत्कार गरेका थिए । युनेस्काे र राेयल इनफिल्ड मिलेर अमूर्त सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न ग्रेट हिमालयन एक्सप्लोरेसनको लागि सहकार्य गरेको छ । यस अन्तर्गत युनेस्काेले मौलिक तथा सांस्कृतिक परम्परा, सङ्गीत, नृत्य, नाटक, कथा, चाडपर्व, अनुष्ठान र भोजनको परम्परा पहिचान, अभिलेखीकरण र संरक्षणका लागि सचेतना फैलाउँदै आएको कम्पनीले जनाएको छ ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...