सेगवेको नयाँ एन सिरिज इलेक्ट्रिक स्कुटर : मूल्य २.६० लाख, रेन्ज १०५ किमी
काठमाडौं – सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आई हब प्रालिले...
काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यहीँ खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्धन गर्न ¥याली आयोजना गरेको थियो ।
आफ्नो ३८औं वार्षिकोत्सवको अवसरमा प्राधिकरणले शनिबार विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्धनका लागि जनचेतनामुलुक र्याली सम्पन्न गरेको हो । प्राधिकरणको प्रधान कार्यालय रत्पार्कंबाट सुरु भएको विद्युतीय सवारी साधनको र्याली माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल, एयरपोर्ट, गौशाला, चावहिल, महाराजगञ्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्नपार्कमा पुगी समापन गरिएको थियो ।
र्यालीको उद्घाटन गर्दै ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशभित्र उत्पादित विद्युत्को खपत बढाउन र स्वच्छ वातावरणका लागि विद्युतीय सामाग्री तथा सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्धन गर्ने नीति सरकारको रहेको बताए । उनले पेट्रोलियम पदार्थको आयात कम गर्न विद्युतीय सवारी साधन र सामग्रीको प्रयोग बढाउनु पर्नेमा जोड दिए । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नाडा अटोमोबाइल्स एसोसिएसनका अफ नेपालका पदाधिकारीहरू, विद्युतीय सवारी साधनका प्रयोकर्ताहरुलगायतका उपस्थिति थियो ।
र्यालीमा मन्त्री बस्नेत, सचिव घिमिरे,प्राधिकरण सञ्चालक समितिका सदस्यहरू, कार्यकारी निर्देशकलगायत सहभागी थिए । प्राधिकरणले सहरी क्षेत्रका लागि विद्युतीय गाडि मात्र किन्ने नीति लिएको छ । पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई समेत विद्युतीय बनाउने कार्यक्रम अगाडि बढाइएको छ । प्राधिकरणले विद्युत् खपत अझ बढाउन तथा विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्न देशभरका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेसन निर्माण गरेको छ । थप १३ वटा निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
त्यस्तै, निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने नीतिअनुरुप देशका विभिन्न ठाउंमा १ सयभन्दा बढी चार्जिङ स्टेसन जडान भइरहेका छन् । चार्जिङ स्टेसनको महशुसलमा विशेष सहुलियत प्रदान गरिएको छ । चार्जिङ स्टेसन रहने स्थानसम्म लाइन निःशुल्क निर्माण गरिदिने र २ सय केभिएसम्मको विद्युत् प्राधिकरणको ट्रान्सफर्मरबाट दिने व्यवस्था गरिएको छ । विद्युतीय सवारी साधनको प्रयोग पनि बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७७\७८मा चार पाङग्रे सवारी साधन (कार, जिप) २४९ वटा आयात भएकोमा गत आर्थिक वर्षमा ४५७० वटा आयात भएको थियो । तीन वर्षमा आयात भएको सवारी विद्युतीय सवारी साधनको सङ्ख्या ६६२६ वटा रहेको छ । साथै, ६० वटा विद्युतीय बस आयात भएको छ । तीन वर्षमा ९७९० दुई पाङग्रे सवारी साधन आयात भएको छन् ।
काठमाडौं – सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आई हब प्रालिले...
अन्ततः लामो समयदेखि बहुप्रतीक्षित महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी...
मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...