टोयोटाले किन फिर्ता बोलायो १ लाख ६८ हजार कार ? यस्तो छ कारण

जापनी कार निर्माता टोयोटाले आफ्ना उत्पादनमा समस्या देखिएपछि कार फिर्ता बोलाएको छ । सर्बाधिक चर्चामा रहेको टोयोटाले प्लास्टिकबाट बनेको ‘फ्यूल ट्यांक’ मा समस्या देखिएपछि १ लाख ६८ हजार वटा कार फिर्ता बोलाएको हो ।

समाचार संस्था सीएनएनका अनुसार टोयोटाले सन् २०२२ र २०२३ को मोडल मुन्द्रा फिर्ता बोलाएको छ । खासगमा प्लास्टिकबाट बनाइएको फ्युल ट्यांकमा लिक देखिएपछि मर्मतका लागि कम्पनीले फिर्ता बोलाइएको जनाइएको छ । लिकको समस्या भएको ट्युब कम्पनीले निःशुल्क परिवर्तन गर्नेछ ।

फ्यूल ट्यांकमा देखिएको समस्याले सवारीमा आगलागीको जोखिम हुने भएकाले मर्मतका लागि फिर्ता बोलाइएको कम्पनीले जनाएको छ । यस्तै, आफ्ना डिलरहरुलाई कम्पनीले विनाशुल्क ट्युब परिवर्तन गर्नका लागि भनिसकेको छ ।

टोयोटाको यो हाइब्रिड कारमा यसअघि ‘इलेक्ट्रोनिक ब्रेक’ प्रणालीमा समस्या आएको थियो । सो समयमा पनि कम्पनीले कारलाई फिर्ता बोलाएको थियो । यसपटक फिर्ता बोलाइएको कार संख्या भने सन् २०२३ मा सबैभन्दा ठूलो हो ।

सम्बन्धित समाचारहरू

टोयोटा विजय उत्सवमा एक्सचेन्जदेखि बीमासम्मको सुविधा, कोरोला क्रस हाइब्रिडमा बम्पर छुट

टोयोटा विजय उत्सवमा एक्सचेन्जदेखि बीमासम्मको सुविधा, कोरोला क्रस हाइब्रिडमा बम्पर छुट

काठमाडौं – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

टोयोटाले हाइब्रिड इन्जिन सहितको हाइराइडर ल्याउदै, हुन्डाई क्रेटाको प्रतिस्पर्धी बन्ने

टोयोटाले हाइब्रिड इन्जिन सहितको हाइराइडर ल्याउदै, हुन्डाई क्रेटाको प्रतिस्पर्धी बन्ने

टोयोटाले आगामी दिनमा अन्य गाडी लन्च गर्नु अघि जुलाई १ मा अर्बन क्रुजर...

साङयोङको नयाँ मुसो ग्रान्ड पिकअप नेपाल आउने, ८५ लाख रुपैयाँमा खुल्यो बुकिङ

साङयोङको नयाँ मुसो ग्रान्ड पिकअप नेपाल आउने, ८५ लाख रुपैयाँमा खुल्यो बुकिङ

कोरियन अटो निर्माता साङयोङको ‘अल न्यू’ मुसो ग्रान्ड पिकअप नेपाल आउने भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...