स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताएका छन् ।

आज नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा काठमाडौँमा आयोजित विद्युतीय सवारीसाधनको र्‍यालीमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युत प्राधिकरणले महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे ।

उनले स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।

नेपाल विद्युत् प्राधिकरणले भदौ १ गते आफ्नो ३८ औँ वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा प्राधिकरणले सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

बिना ब्याट्री २ हजार किमी रेन्ज दिने इलेक्ट्रिक कार

बिना ब्याट्री २ हजार किमी रेन्ज दिने इलेक्ट्रिक कार

क्वान्टिनो इलेक्ट्रिक कारमा ब्याट्री छैन जसको कारण यसको निकै चर्चा हुने...

मल्टी ब्रान्ड शोरुम र सर्भिस सेन्टर : रोजाइका इलेक्ट्रिक स्कुटर किन्न र मर्मत गर्न पाइने

मल्टी ब्रान्ड शोरुम र सर्भिस सेन्टर : रोजाइका इलेक्ट्रिक स्कुटर किन्न र मर्मत गर्न पाइने

नेपालमा विगत लामो समय देखि विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरहरुको आयात...

अब मूल्य बढ्ने पालो टाटा टियागो ईभीको, दियो यस्तो संकेत

अब मूल्य बढ्ने पालो टाटा टियागो ईभीको, दियो यस्तो संकेत

काठमाडौं – नेपाली बजारमा टाटाका कार बिक्री–वितरण गरिरहेको सिप्रदी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...