नेपाल आउँदै अर्को नयाँ इलेक्ट्रिक एसयूभी, यस्तो छ सेरेस–३ मा उपलब्ध फिचर र पावरट्रेन

बजारमा इलेक्ट्रिक एसयूभीको माग वढ्न थालेसंगै नयाँ ब्रान्डका इभी भित्रिने क्रमले निरन्तरता पाइरहेको छ । सोही क्रममा नेपालको अटोमोवाइल व्यावसायमा स्थापित एमएडव्लू ग्रुप अन्तर्गतको कम्पनी एमएडव्लू बृद्धीले सेरेस ब्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी ल्याउने तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । सेरेस–३ को केही युनिट केही दिनपछि नेपाल आइपुग्ने कम्पनी स्रोतको भनाई छ ।

सो नयाँ एसयूभीलाई कम्पनीले भदौ २६ देखी काठमाडौंमा आयोजना हुने नाडा अटो सोमा औपचारिक लन्च गर्ने तयारी गरेको छ । सेरेस–३ नेपाल आएपछि यसको सिधा प्रतिस्पर्धा एमजी जेडएस, टाटा नेक्सन र बीवाइडी एट्टो–३ संग हुने अनुमान गरिएको छ ।

सो नयाँ एसयूभीमा ५० किलोवाट आवरको व्याट्री र ९९ किलोवाटको मोटर जडान गरिएको छ । एकपटकको सिंगल चार्जमा यसलाई ४०० किलोमिटर गुडाउन सकिने कम्पनीले दावी गरेको छ । यसको पावर १६३ पीएस र टर्क ३०० एनएम रहेको छ ।

दुई भेरिएन्टमा नेपाल आउन लागेको यसको टप भेरिएन्टमा सनरुफ, ३६० डिग्री क्यामेरा र एडिएएस लागयत फिचर हुने अनुमान गरिएको छ । सो एसयूभीको मूल्य र अन्य फिचरका वारेमा विस्तृत जानाकारी वाहिर नआएपनि प्रतिस्पर्धीकै हाराहारीमा मूल्य निर्धारण हुने आँकलन गरिएको छ ।

सम्बन्धित समाचारहरू

३० मिनेट चार्जमा ५०० किमी रेन्जसहितको टाटाको नयाँ इलेक्ट्रिक कार

३० मिनेट चार्जमा ५०० किमी रेन्जसहितको टाटाको नयाँ इलेक्ट्रिक कार

टाटा मोटर्सले नयाँ इलेक्ट्रिक भेइकल प्लेटफर्ममा आधारित नयाँ कन्सेप्ट कार...

चेङदु मोटर शो २०२२ मा जीडब्लुएमका न्यु इनर्जी भेइकलको लर्को, धेरैको ध्यान खिच्न सफल

चेङदु मोटर शो २०२२ मा जीडब्लुएमका न्यु इनर्जी भेइकलको लर्को, धेरैको ध्यान खिच्न सफल

ग्रेटवाल मोटर्स (जीडब्लुएम) ले चीनमा चलिरहेको चेङदु मोटर शो २०२२ मा आफ्ना ६...

चाइनिज न्यु इयर कप फुटबलमा मुख्य प्रायोजन बीवाईडीले गर्ने

चाइनिज न्यु इयर कप फुटबलमा मुख्य प्रायोजन बीवाईडीले गर्ने

काठमाडौं – बीवाईडीले नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज न्यु इयर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...