टोयोटाको सस्तो एमपीभी सार्वजनिक, मारुती अर्टिगा भन्दा केही महंगो हुने

टोयोटाले विहिवार भारतमा नयाँ एमपीभी रुमीअन सार्वजनिक गरेको छ । मारुती अर्टिगामा आधारित सो नयाँ एमपीभीलाई कम्पनीले केहीदिन पछि वुकिङ खुल्ला गर्ने जनाएको छ । यो एमपीभी टोयोटाको प्रोडक्ट पोर्टफोलियोमा सवैभनदा सस्तो हुने अपेक्षा गरिएको छ । टोयोटाले हाल भारतमा इन्नोभा क्राइस्टा, इन्नोभा हाइक्रस र भेलफायर एमपीभी बिक्री गर्दै आएको छ ।

सो नयाँ एमपीभी तीनवटा ट्रिम र तीनवटै पावरट्रेनमा उपलब्ध हुने टोयोटाको भनाई छ । मारुती अर्टिगामा आधारित भएपनि यसको लुक्स तथा स्टायल फरक देखिनेछ । रुमीअनमा टोयोटाले नयाँ बम्पर, सुधारिएको फग ल्याम्प, इन्नोभा क्राइस्टाको जस्तै ग्रील र डुअल टोन अलोय ह्विल दिएको छ ।

७ सीट क्षमतको सो एमपीभीको इन्टेरियरमा काठबाट वनेको जस्तै देखिने व्ल्याक–आउट ड्यासवोर्ड र अर्टिगाको जस्तै अपहोलेस्ट्रि पाउन सकिनेछ । यसको मूल्य र थप फिचरका वारेमा विस्तृत विवरणहरु भने हालसम्म सार्वजनिक नभएपनि मारुती इर्टिगाभन्दा केही महंगो हुने आँकलन गरिएको छ ।

रुमीअनलाई टोयोटाले १.५ लिटर नेचुरल्लि एस्पिरेटेड पेट्रोल र सिएनजी पावरट्रेनमा ल्याउन लागेको हो । यसको पावर १०३ एचपी र टर्क १३७ एनएम रहनेछ । सो एमपीभी ५ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरवक्समा उपलब्ध हुनेछ । यसको माइलेज २० किलोमिटर रहने दावी कम्पनीले गरेको छ ।

सम्बन्धित समाचारहरू

विर्तामोडमा टोयोटाको टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम सुरु, इटहरीमा पनि हुने

विर्तामोडमा टोयोटाको टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम सुरु, इटहरीमा पनि हुने

काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

नाम फरक तर फिचर एउटै छन् यी कारमा (सूची सहित)

नाम फरक तर फिचर एउटै छन् यी कारमा (सूची सहित)

बजारमा एउटै इन्जिन, एउटै फिचर र एउटै बडी डिजाइन भएका धेरै कारहरु उपलब्ध छ ।...

यस्तो छ टोयोटाको नयाँ इन्जिन सहितको इनोभा क्रिस्टा

यस्तो छ टोयोटाको नयाँ इन्जिन सहितको इनोभा क्रिस्टा

टोयोटाले आफ्नो बहुप्रतिक्षित कार इनोभा क्रिस्टा २.४ लिटर ४ सिलिन्डर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...