पठाओ कार लाइट (ट्याक्सी) सेवाको चार वर्ष पूरा, पार्सल सुविधा सुरू

काठमाडौँ - नेपालको अग्रणी राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले 'पठाओ पार्सल' सेवा सुरू गरेको छ । काठमाडौँ उपत्यका भित्र कतै सामानहरु पुर्‍याउन परेमा वा ल्याउन परेमा पार्सल गर्न सकिने पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताए ।

“बिर्सिनु त स्वाभाविक हो! पठाओ पार्सल छँदै छ नि !” भन्ने नाराका साथ पठाओले सामान ढुवानी गर्न आफ्नो पार्सल सेवा विस्तार गरेको हो । पठाओको मोबाइल एप मार्फत यो सेवा लिन सकिन्छ ।

पार्सल सेवाका लागि पठाओ राइडरहरू परिचालन गरिने कम्पनीले बताएको छ । पार्सल सेवा पनि  राइड सेयरिङ्ग सेवा जस्तै छिटोछरितो र सुरक्षित भएको थापाले जानकारी दिए ।

पार्सल सेवामा पठाउने वा पाउने व्यक्तिले सेवाका लागि रकम तिर्न सक्नेछन् । सामानहरू पार्सल गर्दा केही हानी/नोक्सानी भएमा २ हजार रुपैयाँसम्म क्षतिपूर्ति समेत हुने थापाले बताए ।

यस अगाडि बाइक, कार लाइट (ट्याक्सी), पठाओ बजार र पठाओ फुडको सेवा दिंदै आएको पठाओले आफ्ना सेवाग्राहीलाई थप सुबिधा दिन पार्सल सेवा सुरू गरेको थापाले बताए ।

चौबीसै घण्टा सेवा रहेको पार्सल सेवामा अधिकतम २ किलोसम्मको सामान पठाउन सकिन्छ  । केही समयदेखि परिक्षणमा रहेको यो सेवा आज (अगस्ट ९) देखि पूर्ण रुपमा सुचारु भएको हो ।

पठाओ कार लाइट (ट्याक्सी) सेवाको चार वर्ष पूरा

पठाओ नेपालको कार लाइट (ट्याक्सी)को सेवा ४ वर्ष पूरा भएको छ । सन् २०१८ सेप्टेम्बदेखि बाइकमा राइड सेयरिङ सेवा सुरू गरेको पठाओले सन् २०१९ अगस्ट ९ देखि नेपालमा कार लाइट सुरू गरेको थियो ।

बार्गेनिङको झन्झट नहुने, चोक सम्म खोज्न जान नपरी गेटदेखि गेटसम्म सेवा हुने, डिजिटल भुक्तानी गर्न मिल्ने, यात्राको समयमा लाइभ ट्र्याकिङ्को व्यवस्था, १० लाख रुपैयाँसम्मको इन्स्योरेन्स जस्ता सुविधाले कार लाइटको लोकप्रियता बढ्दो दरमा रहेको थापाले बताए ।

हाल काठमाडौं उपत्यकामा आठ हजार बढी ट्याक्सी पठाओमा आवद्ध छन् ।

सम्बन्धित समाचारहरू

यस्ता छन् अलोय ह्विलका फाइदा

यस्ता छन् अलोय ह्विलका फाइदा

कुनै समय गाडीमा स्टिलका पाङ्ग्रा भए पनि सबैजना सन्तुष्ट थिए । तर, बदलिँदो...

प्यासेन्जर कारमा ५ र कमर्सियल भेइकलमा ४ स्टार रेटिङ पाउने भारतको पहिलो टायर वन्यो मिसेलिन

प्यासेन्जर कारमा ५ र कमर्सियल भेइकलमा ४ स्टार रेटिङ पाउने भारतको पहिलो टायर वन्यो मिसेलिन

विश्वप्रख्यात टायर व्रान्ड मिसेलिन प्यासेन्जर कार सेग्मेन्टमा ५ र...

अब मिशलिन टायर विशेष छुट सहित दराजमा उपलब्ध हुने

अब मिशलिन टायर विशेष छुट सहित दराजमा उपलब्ध हुने

काठमाडाैं । नेपालमा मिशलिन टायरको आधिकारिक विक्रेता सिप्रदी अटोपार्ट्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...