बस र ट्रकको विन्डस्क्रिन सिधा हुन्छ तर कारमा किन ढल्किएको हुन्छ? कारण जान्नुहोस्

सवारी साधनका चालकलाई हावा, घाम र पानीबाट बच्नको लागि सवारी साधनको अगाडि विन्डस्क्रिन दिइएको हुन्छ । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ, कारको विन्डस्क्रिन अलि ढल्किएको हुन्छ, जबकि बस र ट्रकमा विन्डस्क्रिन सिधा हुन्छ ।

यदि सवारी साधनमा विन्डस्क्रिन नदिइएमा अगाडिबाट हावा सीधै चालकको अनुहारमा पर्न जान्छ, जसका कारण गाडी चलाउँदा निकै समस्या आउँछ । विन्डस्क्रिनले हावाबाट मात्र होइन घाम र पानीबाट पनि जोगाउँछ ।

कारमा विन्डस्क्रिन अलि ढल्किएको हुन्छ । यससाई हावा प्रतिरोध कम गर्न डिजाइन गरिएको हुन्छ । ढल्किएको विन्डस्क्रिनले कारको गति बढ्छ र माइलेज पनि राम्रो हुन्छ ।

कारमा ठाडो विन्डस्क्रिन दिइएमा हावाको टक्कर बढी हुन्छ र स्पिड पनि कम हुन्छ जसको कारण माइलेज पनि घट्छ ।

ट्रक र बस जस्ता ठूला सवारीमा विन्डस्क्रिन सीधा हुन्छ । किनभने, ट्रक र बस अधिक यात्रुको लागि डिजाइन गरिएको हुन्छ । बसमा स्लोप विन्डस्क्रिन दिइयो भने भित्रको ठाउँ निकै कम हुन्छ र यात्रुलाई ठाउँको लागि समस्या आउन सक्छ ।

साथै ट्रक र बसका इन्जिन अधिक शक्तिशाली हुने हुनाले यसलाई हावाबाट केही प्रभाव पार्दैन ।

सम्बन्धित समाचारहरू

पेट्रोलको मूल्य नेपालमा किन यति महंगो ? यस्तो छ कारण

पेट्रोलको मूल्य नेपालमा किन यति महंगो ? यस्तो छ कारण

नेपाल आयल निगमको नयाँ मूल्य सुची अनुसार पेट्रोल र डिजेलमा ३ रुपैयाँका दरले...

नेपाल भित्रियो विश्व प्रसिद्ध किर्लोस्कर इन्जिन आयल

नेपाल भित्रियो विश्व प्रसिद्ध किर्लोस्कर इन्जिन आयल

काठमाडौं – नेपाली बजारमा किर्लोस्कर इन्जिन आयल औपचारिक रुपमा भित्रिएको छ...

काठमाडौंमा आजदेखि रात्रिकालीन बससेवा

काठमाडौंमा आजदेखि रात्रिकालीन बससेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...