बस सेवाले मनायो नवौं वार्षिकोत्सव, दश दिनसम्म १० जनाले निःशुल्क यात्रा गर्न पाउने

काठमाडौँ -नेपालको एकमात्र अनलाइन बस टिकटिङ सेवा प्रदायक बससेवा डटकम नवौं वर्ष पूरा गरी १०औं वर्षमा प्रवेश गरेको छ। बससेवा टुर्स एण्ड ट्राभल्स अन्तर्गत रहेर २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवा १०औं वर्षमा प्रवेश गरेको हो।

यो अवधिमा बससेवा डटकमले भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका सहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ।

हाल दैनिक ३ हजारभन्दा बढी यात्रुले बससेवामार्फत टिकट काटी यात्रा गर्दै आएका छन्। यो बीचमा बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उद्देश्यले राजधानी काठमाडौंको ढुंगेअड्डामा प्यासेञ्जर लाउञ्ज समेत सञ्चालनमा ल्याएको छ।

सही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानीलगायतका सुविधा रहेका छन् भने लाउञ्जबाट सिधै बस चढ्न सकिन्छ। जसले गर्दा यात्रुहरूलाई सडक किनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

यसैबीच, बससेवाले १०औं वर्ष प्रवेशका अवसरमा १० दिनसम्म हरेक दिन १० जनाले निःशुल्क यात्रा गर्न सक्ने अफर सार्वजनिक गरेको छ। हरेक दिन गोलाप्रथामार्फत् १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ । विजेताको नाम बससेवाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले बताइएको छ।

सम्बन्धित समाचारहरू

दिगोको नयाँ सर्भिस सेन्टर पेप्सीकोलामा

दिगोको नयाँ सर्भिस सेन्टर पेप्सीकोलामा

विश्वकर्मा पूजाको शुभ अवसरमा, दिगोले आफ्नो अत्याधुनिक इलेक्ट्रिक गाडी...

दुई सयबढी पर्यटक सवारी चालकलाई तालिम

दुई सयबढी पर्यटक सवारी चालकलाई तालिम

काठमाडौँ – पछिल्लो समय नेपालमा पर्यटकहरू आउने संख्या बढ्दै गएपछि पर्यटक...

गर्मीमा कारलाई अत्यधिक तातो हुनबाट बचाउन ध्यान दिनुहोस् यी ५ महत्त्वपूर्ण कुरा

गर्मीमा कारलाई अत्यधिक तातो हुनबाट बचाउन ध्यान दिनुहोस् यी ५ महत्त्वपूर्ण कुरा

चर्को गर्मीले कारको इन्जिनलाई क्षति पुर्‍याउन सक्छ। त्यसैले कारमा हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...